सेनाले महानगरलाई शुल्क बुझाएर पहिलो पटक ग¥यो नक्सापास

काठमाडौं, ९ माघ । नेपाली सेनाले पहिलो पटक कानुनअनुसार शुल्क तिरेर सैनिक भवनको नक्सापास गरेको छ । सैनिक कल्याणकारी कोषबाट निर्मित महांकालस्थित अस्पताल र व्यावसायिक भवनको नक्सापास गर्दा सेनाले काठमाडौं महानगरपालिकालाई करिब ६० लाख शुल्क बुझाएको छ ।

नगर कार्यपालिकाको निर्णय अनुसार भवन निर्माण अनुमतिमा लाग्ने शुल्कमा निश्चित रकम छुट दिएर त्रिचन्द्र मिलिटरी अस्पताल परिसरका संरचनाको नक्सा पास गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । आजको कारोबार दैनिकमा समाचार छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.