सेवाग्राहीको विश्वास जित्दै लाइफकेयर ल्याब

कोभिड-१९ परीक्षण गर्नसक्ने प्रदेशको एक मात्रै ल्याब !

रबिना ढकाल
पोखरा । गण्डकी प्रदेशको एकमात्र ‘क’ वर्गको ल्याब लाइफकेयर डाइग्नोस्टिक प्रालि (लाइफकेयर ल्याब) ले सेवाग्राहीको विश्वास जित्न सफल भएको छ । ल्याबले नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको नेशनल पब्लिक हेल्थ ल्याब्रोटरी (एनपिएचएल) बाट मान्यता प्राप्त गरेको छ । पोखरा विश्वविद्यालयमा प्रध्यापन गरिरहेका डाक्टर अमर नागिलासहित विज्ञताको आधारमा ल्याब्रोटरी साइन्समा विद्यावारिधी गरेका ४ जना डाक्टरको प्रत्यक्ष निरीक्षण तथा आबद्धतामा ल्याब सञ्चालनमा छ ।

५ वर्ष अगाडि सञ्चालनमा आएको ल्याबमा दिनप्रति दिन सेवाग्राही बढिरहेको अध्यक्ष डा. महेन्द्र भट्टले जानकारी दिए । ल्याबले लकडाउनमा समेत प्रभावकारी सेवा प्रदान गर्न सफल भएको छ । लकडाउनको समयमा मात्रै लाइफकेयरमा दैनिक १ सय भन्दा बढी स्याम्पल परीक्षण हुने गरेको बताइएको छ । लकडाउन भन्दा अगाडि दैनिक १ सय ५० भन्दा बढी स्याम्पल परीक्षण हुन्थ्यो । ‘लकडाउन खुकुलो भएसँगै सेवाग्राही बढ्ने क्रम सुरु भएको छ,’ उनले भने ।

jutta mela

पोखराको मुख्य बजार न्युरोडमा ग्राउण्ड फ्लोरमा अवस्थित ल्याबमा अत्याधुनिक प्रविधिका मेसिनहरु छन् । हरेक मेसिन २/२ वटा सेटमा रहेकाले परीक्षण प्रभावकारी हुने गरेको उनले बताए ।

पोखरा र आसपासका ३० वटा संस्थाहरुसँग एमओयु गरेर लाइफकेयरले काम गरेको म्यानेजिङ डाइरेक्टर शुक्र कँडेलले जानकारी दिए । सिएमसी (क्रिस्चियन मेडिकल केलज) म्यालुअर इन्डियाले क्वालिटी कन्ट्रोल गर्छ । ‘यो सेवा गण्डकी प्रदेशमा लाइफकेयरमा मात्रै छ,’ उनले भने ।

लाइफकेयरमा सामान्यदेखि जटिल प्रकारका रक्त परीक्षण हुने भएकाले बिरामी तथा सेवाग्राहीको आकर्षण देखिएको उनले बताए । ‘१ देखि ३ घन्टासम्ममा सम्पूर्ण परीक्षण पोखरामा नै हुने भएकाले बिरामीहरु तथा रक्तपरीक्षण गर्ने सेवाग्राहीहरु लाभान्वित भएको महसुस गरेका छौं,’ उनले भने ।

डा. सुमन पौडेल (प्याथोलोजिस्ट) ले लाइफ केयरमा क्यान्सर सम्बन्धी बायोप्सी, घाउ खटिरा, ब्रेस्ट र सर्भाइकल क्यान्सरको नमुना परीक्षण गर्ने गरेका छन् । रगतमा गरिने सबै जाँचहरु जस्तै, थाइराइड, हर्मोन, भिटामिन डि, बि १२, क्यान्सर सम्बन्धी जाँच, सिइए, सिएवान २५, एएफपि, पिएसए लगायतका परीक्षण लाइफ केयरमा हुँदै आइरहेको छ । संक्रमण सम्बन्धी हेपाटाइटिस, एचआइभी, टिभी, इन्फ्एन्जा, डेङगु, मलेरियाको परीक्षण पनि हुन्छ ।

२ हजार स्क्वायर फिटमा रहेको ल्याबमा २४ जना स्टाफ छन् । ५ वर्ष अगाडि ३ करोड रुपैयाँ लगानीमा सुरु भएको ल्याबमा अहिलेसम्म आइपुग्दा ५ करोड भन्दा बढी लगानी भइसकेको बताइएको छ ।

कोभिड-१९ परीक्षण गर्नसक्ने प्रदेशको एक मात्रै ल्याब !

लाइफकेयर डाइग्नोस्टिक प्रालि (लाइफकेयर ल्याब) ले आवश्यकता परे कोभिड–१९ को परीक्षण गर्न सकिने बताएको छ । ‘कोभिड –१९ को परीक्षण गर्नका लागि क वर्गको ल्याब हुनैपर्छ,’ अध्यक्ष डा. महेन्द्र भट्टले भने, ‘यसका लागि चाहिने मोलिकुलर टेस्ट गर्नका लागि चाहिने बिएसएल टु (बायो सेफ्टी क्याबिनेट) र आरटिपिसिआर भएको ल्याब लाइफकेयर हो ।’

You might also like

Comments are closed.