सेवा विस्तारमा आक्रामक बन्दै एनआइसी, पोखरामा मात्रै १७ ठाउँमा एटिएम

आर्थिक आवाज
पोखरा । निजी क्षेत्रको अग्रणी वित्तीय संस्था एनआइसी एसिया बैंकले सेवा विस्तारलाई आक्रामक बनाएको छ । सबैभन्दा धेरै शाखा सञ्जाल बनाएको बैंकले एटिएम विस्तारलाई पनि प्राथमिकतामा राखेको छ ।

यसैक्रममा बैंकले पोखराको पृथ्वीचोेकमा रहेको कुन्ती मलमा एटिएम मेसिन सञ्चालनमा ल्याएको छ । मेसिनको बिहीबार एक कार्यक्रमका बीच बैंकका गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्माले उद्घाटन गरे । ‘ग्राहकको सेवालाई ध्यानमा राखेर हामीले सेवा विस्तारलाई प्राथमिकतामा राखेका छौं,’ शर्माले भने ।

बैंकले पोखरामा हालसम्म ११ वटा शाखा र १७ वटा एटिएम मेसिनबाट सेवा सञ्चालन गरिरहेको शर्माले जानकारी दिए । देशभर २ सय ९५ वटा शाखा सञ्जाल रहेको बैंकको एटिएम सञ्जाल ३ सय ५० भन्दा बढी छ । ‘आवश्यकता अनुसार सेवा विस्तारलाई आगामी दिनमा पनि प्राथमिकतामा राख्नेछौं,’ शर्माले भने ।

You might also like

Comments are closed.