सेवा संचालनको पूर्व तयारीमा जुट्न होटल संघको आग्रह

पोखरा ।

सरकारले लकडाउन खुलेको घोषणा गरेसँगै विस्तारै होटल व्यवसाय पनि संचालनमा आउने अपेक्षा सहित पश्चिमाञ्चल होटल संघ पोखराले पूर्व तयारीमा जुट्न मातहतका सदस्य व्यवसायीहरुलाई आग्रह गरेको छ । संघका तर्फबाट अध्यक्ष विकल तुलाचनले शुक्रबार एक विज्ञप्ति जारी गरी त्यस्तो आग्रह गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ– कोरोना संक्रमणको अवस्थामा पर्यटकहरुको आगमनमा शुन्य रहेको हुँदा यो समयलाई सदुपयोग गर्दै प्रमुख पर्यटकीय सिजनलाई लक्षित गरी त्यस समयमा आगमन हुने पाहुनाहरुलाई भयरहित वातावरणको सुनिश्चिता गर्न आग्रह गरिन्छ । आतिथ्यता प्रदान गर्न संघले होटल प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुलाई होटल संचालन कार्यविधि (प्रोटकल) अनुरुप तालिम प्रदान गर्ने, सुरक्षा सावधानीका सामग्री खरिदमा सहजिकरण गर्ने हुँदा यहाँहरुलाई आन्तरिक तयारीमा जुट्न समेत आग्रह गर्दछौं ।

jutta mela

पर्यटनलाई चलायमान बनाउन वर्तमान समयमा आन्तरिक पर्यटकको विशेष भुमिका रहने भन्दै संघले निकट समयमा नै डिजिटल वा विभिन्न माध्यमहरुबाट आन्तरिक पर्यटन प्रवद्र्धनका कार्यहरुको तयारी गरिरहेको पनि जनाएको छ । यसै गरी होटल सेवा पनि सावधानी अपनाउँदै क्रमिक रुपले खुल्दै जाने अपेक्षा संघले गरेको पनि उल्लेख गरिएको छ । नेपाल सरकारद्वारा गत श्रावण ६ गतेबाट जन जीवन र आर्थिक गतिविधिलाई चलायमान बनाउन पूर्ण सुरक्षा सावधानी अपनाउँदै करिव ४ महिनाको लकडाउन अन्त्य गरेको थियो । यस घोषाणा सँगै श्रावण १५ गते देखी होटल, रेष्टुरेण्ट तथा पर्यटन व्यवसाय र भाद्र १ गते देखी लामो दुरीका यातायात सेवा, आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई सेवा पुनःसंचालन गर्न सेवा प्रदायकहरुलाई अनुमति प्रदान गरेको विज्ञप्तिमा स्मरण गराइएको छ ।

विज्ञप्तिमा थप भनिएको छ– लामो समयको लकडाउनले गर्दा व्यवसायीहरु मानसिक तथा आर्थिक रुपमा दवावमा परेका कारण व्यवसायलाई गति दिन केही समय लाग्ने निश्चित छ । पर्यटनलाई पुरानो लयमा फर्काउन र कसरी चलायमान बनाउन सकिन्छ भन्ने चिन्ताको विषय हो । यसका लागी आन्तरिक तथा वाह्य पर्यटकहरुको आवागमन वृद्धि हुनु जरुरी छ । हाल वर्तमान अवस्थामा नेपाल सरकारद्वारा होटल संचालन कार्यविधि जारी गरेको अवस्थामा सो कार्यविधि अवलम्वन गरी व्यवसाय संचालन गर्नु सबैको दायित्व हो ।

यसैगरी कोभिड –१९ को कारणले पर्यटन क्षेत्रमा ठुलो आर्थिक क्षति पुग्न गएको अवस्थामा पर्यटन तथा होटल व्यवसायलाई पुनः उत्थान गर्न केन्द्रिय, प्रादेशिक तथा स्थानीय सरकार समक्ष विभिन्न छलफल गरिएको र मागहरु राखियता पनि व्यवसायलार्ई पुनः उत्थान गर्न सबै तहका सरकारबाट कुनै उल्लेख्य नीति तथा कार्यक्रम ल्याउन नसकेको पनि संघले गुनासो गरेको छ । हालै मात्र नेपाल राष्ट्र बैंकले जारी गरेको ०७७र०७८ को मौद्रिक नीतिमा विशेष गरी होटल तथा पर्यटन क्षेत्रमा सहुलियत दरको पुनरकर्जा, ऋणको पुनर्तालिकिकरण, सावाँ तथा व्याज भुक्तानको लागि थप समयावधि माग भए अनुसार केही सम्वोधन हुनुले वर्तमान परिस्थितिमा केही राहत मिलेको महसुस संघले गरेको छ । नीति आफैंमा सामान्यतया उत्कृष्ट हुन्छ तर कार्यन्वयनको सुनिश्चिता प्रमुख रहेको हुनाले यसको अक्षरसः पालना गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई अनुरोध गर्दै नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण पनि संघले गराएको छ ।

कोभिड –१९ को कारण पर्यटन क्षेत्रमा देखिएको शिथिलतालाई मध्यनजर गर्दै पश्चिमाञ्चल होटल संघ पोखराले यस विषम परिस्थितिमा होटल प्रतिष्ठानहरुलाई सहुलियत प्रदान गर्ने उद्धेश्यले विगतका वर्षहरुमा लिइँदै आएको नविकरण शुल्क र नयाँ सदस्यता शुल्कमा ५० प्रतिशत छुट दिई आर्थिक बर्ष २०७७र०७८को नविकरण र नयाँ सदस्यता प्रदान गर्ने जानकारी पनि संघले गराएको छ ।

You might also like

Comments are closed.