सोमबार सुनको मूल्य बढ्यो

काठमाडौं ।  आइतबारको तुलनामा सोमबार सुनको मूल्य बढेको छ । सोमबार छापालवाला सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

आइतबार प्रतितोला ९७ हजार रुपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार ९७ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ भने चाँदीको मुल्य प्रतितोला १ हजार ३ सय २० रुपैयाँ रहेको छ ।

You might also like

Comments are closed.