स्टेप अफ क्याम्पीयनको अभियानलाई पोखरा महानगरको साथ

पोखरा ।
पुर्व लागु पदार्थ दुव्र्यशनी तथा एच आई भी संक्रमित गोपाल श्रेष्ठको सगरमाथा अभियान स्टेप अफ क्याम्पीयनमा पोखरा महानगरपालिकाले सहकार्य गर्ने भएको छ । स्टेप अफ क्याम्पीयनका पदाधिकारीसँगको भेटघाटमा पोखरा महानगरपालिकाका मेयर मानवहादुर जीसीले पोखरेलीले गर्न लागेको अभियान भएकाले महानगरको पनि अभियान भएको धारणा राखे । मेयर जिसीले भने–“यो अभियान पोखराको हो त्यसैले हाम्रो तर्फवाट आरोहणमा सहयोग पुग्ने गरी सकारात्मक सहयोग गर्छौ, ढुक्क हुनुहोस् ।”

श्रेष्ठले आउँदो वैशाखको दोश्रो हप्ता संसारभरका लागु पदार्थ प्रयोगकर्ता र एच आई भी संक्रमितहरु र पोखरा महानगरपालिका को प्रतिनिधित्व गर्दै सगरमाथा आरोहण गर्दै छन् । काठमाण्डौको ड्रिम्स डिष्टिनेशन टे«ेकिङ कम्पनीको पथप्रर्दशनमा श्रेष्ठले सगरमाथा आरोहण गर्दै छन् ।

जम्मा ४० लाख जती आरोहणका समयमा खर्च लाग्ने भए पनि अहिले सम्म आवस्यक रकम संकलन नभईसकेको क्याम्पीयनका कोषाध्यक्ष गीता पौडेलले जानकारी दिईन् । उनले भनिन्–“ हामी गोपाल जी को सगरमाथा आरोहणको कामलाई सफल वनाउन अहिले आवस्यक पैसाको जोहोका लागि मनकारी हातहरुसँग सहकार्यका लागि अनुरोध गरिरहेका छौं ।” अभियानका उपाध्यक्ष विष्णु वहादुर भट्टराईका अनुसार अव सवै तयारी सकिएकाले अव पैसाका कारण अभियान रोकिदैन । उनले भने–“यो अभियान कुनै व्यक्ति विशेषको भन्दा पनि महानगरपालिकाको अभियान हो त्यसैले अव हामीले हाम्रो महानगरपालिकाको अभियानलाई कमजोर वनाउनु हुदैन ।”

कुनै वेलाका लागु पदार्थ दुवर््यसनी र एच आई भी संक्रमित श्रेष्ठ नामी पुर्व राष्ट्रिय फुटवल खेलाडी समेत हुन् । श्रेष्ठ सगरमाथा आरोहणको तयारीका अलवा लाखौ यूवाको प्रेरणाको श्रोत वन्दै लागुपदार्थको लतमा फसेका र फस्ने उमेरका यूवाहरुलाई आफ्नो कहानी भन्दै वाच्ने आधार सृजना गर्ने अभियानमा समेत व्यस्त हुने गरेका छन् ।

अभियानकर्ता श्रेष्ठका अनुसार उनि आफ्नो समाज र देशभित्र मात्रै होईन देश वाहिर रहेका यूवाको लागि पनि सकारात्मक र हामी जे पनि गर्न सक्छौं भन्ने उर्जा दिन अहिले आफ्नो ज्यानको बाजी लगाएर विश्वभरका एचआईभी संक्रमितहरुको प्रतिनिधित्व गर्दे सर्वोच्च शिखर सगरमाथा चढ्ने तयारीमा जुटेका छन् । उनी भन्छन्–“सायद घरको कोठा भित्रमा सिमित भएको भए आजसम्म म यस घर्तीमा रहने थिएन होला, अव म म जस्तै प्रयोगकर्ता एच आई भी संक्रमित र आफ्नो समाजका लागि केहि गर्न चाहन्छु ।” उनको अभियानलाई साथ दिदै पोखराकै श्याम शुक्ला फिल्म प्रोडक्सनले सगरमाथा आरोहणको विषयमा केन्द्रित भएर वृत्तचित्र पनि निर्माण गर्दै छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.