स्थिर सरकारको काम सामान्य मात्र : पूर्व प्रधानमन्त्री भट्टराई

पोखरा, ३ फागुन । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले दुई तिहाईको स्थिर सरकारले सामान्य काम गरेको टिप्पणी गरेका छन् । संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशले शुक्रबार विहान पोखरामा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले दुई तिहाईको सरकारले विकास र समृद्धीको आधार तयार गर्नुपर्ने भएपनि त्यस्तो गर्न नसकेको बताएका हुन् । उनले वर्तमान सरकार सुशासन, भ्रष्टाचार नियन्त्रण, लगानी भित्राउन र अन्र्तराष्ट्रिय समुदायलाई विश्वासमा लिनसमेत चुकेको टिप्पणी गरे

पूर्व प्रधानमन्त्री डा.भट्टराईले निर्मला प्रकरणमा घट्ना ढाकछोप गर्न खोज्नेलाई कडाईपूर्वक कार्वाही गरेर दोषी पत्ता लगाउन नसक्नु सरकारको ठूलो कमजोरी भएको बताए । उनले एनसेल काण्ड, वाइड वडी काण्ड, बुढी गण्डकीलगायतमा भ्रष्टाचार भएको बताए । उनले वाइड वडी काण्डमा सत्ता पक्ष र प्रतिपक्ष दुबै मिलेर गुपचुप पारेको आरोप लगाए । त्यस्तै बुढी गण्डकी आयोजना कमिसनकै कारण अलपत्र परेको उनको दाबी छ ।

अन्र्तराष्ट्रिय स्तरको भ्रष्टाचारको मापदण्डमा नेपाल खस्केको, आर्थिक बृद्धिदरमा पनि तलै रहेको, विदेशी लगानी ठूलो मात्रामा भित्राउन नसकेकोजस्ता आर्थिक सुचकांकले पनि सरकारको एक वर्ष सामान्य रुपमा मात्र गुज्रेको देखिएको बताए ।

डा.भट्टराईले अर्थमन्त्री युवराज खतिवडा ठूला नेताको छायाँमा परेको टिप्पणी गरे । डा.भट्टराईले अर्थमन्त्रीको नियत नै खराब भन्दा पनि क्षमता नपुग्नुका साथै भिजन र दृष्टिकोण क्लियर नहुँदा काम गर्न नसकेको हुनसक्ने टिप्पणी गरे ।

jutta mela

पूर्व प्रधानमन्त्री डा.भट्टराईले मध्य पहाडी लोकमार्गको काम सुस्त गतिमा भइरहेको भन्दै असुन्तुष्टी व्यक्त गरे ।

डा.भट्टराईले शान्ति सुरक्षा सम्बन्धी विधेयकमा प्रमुख जिल्ला अधिकारीलाई हिजोको बडा हाकिमजस्तो गरि अधिकार दिनु संघीयता बिपरित भएको बताए ।

डा.भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भनेजस्तो वर्तमान सरकारले सर्वसत्तावाद लाद्ने गुञ्जायस नदेखिएको बताए । उनले नेताहरुसँग सांसदहरु थुरथुर काँप्नेगरेको आरोपसमेत लगाए । पद खुस्किने पो हो कि भनेर नेताहरुको बिरोध गर्न नसकेको उनको भनाई थियो ।

डा.भट्टराईले भेनेजुयला बारे वक्तव्य निकालेर सरकार र सत्तारुण् दलले कच्चापन देखाएको उनले टिप्पणी गरे ।

नयाँ शक्ति पार्टीका संयोजक डा.भट्टराईले नेपाललाई बुझ्ने, सकारात्मक ढंगले अघि बढाउने, राजनीतिलाई फेरी संग्ल्याउने र देशलाई विकास र समृद्धीमा लिएर लैजानका लागि आफूले मध्यपहाडी क्षेत्रमा जनसम्वाद गर्दै हिंडेको प्रष्ट्याए । उनले पाँचथरको चेवा भञ्ज्याङबाट शुरु भएको जनसम्बाद १ हजार ८ सय ७९ श्रृंखलामा पुगेर टुंगिने बताए । काठमाडौं फर्केर समग्र देशको अवस्था, विकास र समृद्धीप्रति जनताको बुझाई, आशालगायतबारे संसदमा बोल्ने जानकारी दिए ।

You might also like

Comments are closed.