काठमाडौं । स्नोम्यान वाइनरी प्रा.लि.ले ‘चिफ गेष्ट’ ब्राण्डको वाइन नेपाली बजारमा ल्याएको छ । काभ्रेको पनौतीमा रहेको कम्पनीले नेपाली उपभोक्ता माझ नयाँ ब्राण्ड सार्वजनिक गरेको हो । यस अघि कम्पनीले बिगत ५ वर्ष अगाडिबाट ‘किङ्स हिल’ र गत वर्षबाट ‘अरोमा’ वाइन नेपाली बजारमा उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ ।
किङस हिल र अरोमा वाइन नेपाली उपभोक्ताहरुको रोजाईमा परेसँगै उद्योगले नयाँ वाइन चिफ गेष्ट सार्वजनिक गरेको सञ्चालक वसन्तराज श्रेष्ठले बताए । अरोमा र किङस हिलले जस्तै चिफ गेष्टले पनि नेपाली उपभोक्ताको मन र विश्वास जित्नेमा आफूहरु विश्वस्त रहेको श्रेष्ठ बताउँछन् ।
तीन वटै ब्राण्डमा रेड र ह्वाइट वाइनमा बजारमा उपलब्ध छन् । कच्चा पदार्थ अंगुरबाट रेड वाइन र स्याउबाट ह्वाइट वाइनको उत्पादन हुने गरेको छ । उद्योगमा प्रयोग हुने अंगुर भारतको नासिकबाट र स्याउ भारतको कास्मिरबाट आयात हुँदै आइरहेको अर्का सञ्चालक पुजनलाल श्रेष्ठले जानकारी दिए । ‘समय समयमा नेपाली स्याउको समेत प्रयोग हुन्छ,’ उनले भने ।
गुणस्तरमा ध्यान दिएर वाइन उत्पादन गरिरहेको उद्योगले दावी गरेको छ । ‘उद्योगमा वाइन उत्पादनलाई आवश्यक पर्ने आधुनिक मेसिनको प्रयोग गरिएको छ,’ सञ्चालक श्रेष्ठ भन्छन्, ‘विसुद्ध फलफूलको प्रयोगबाट मात्रै वाइन उत्पादन हुन्छ । गुणस्तरलाई प्रमुख प्राथमिकतामा राखेका छौं ।’ एसएस ट्यांक (स्टेनलेस स्टिल ट्यांक) मा म्याचुरेसन गरी बोतलिङ गरिने कम्पनीले जनाएको छ । कन्सन्ट्रेट र किसमिसको प्रयोग नहुने श्रेष्ठले बताए ।
अन्तर्राष्ट्रिय क्वालिटीमा नेपाली बजारमै वाइन उत्पादन गर्न सफल भएको सञ्चालक वसन्तराज श्रेष्ठ बताउँछन् । उनले भने, ‘उत्कृष्ट क्वालिटी र स्वादकै कारण यी वाइनहरु उपभोक्ताहरुको रोजाईमा परेका छन् ।’ ७५० एमएल र ४ लिटरको बट्टामा वाइन नेपाली बजारमा उपलब्ध छन् ।
विदेशी वाइनसँग प्रतिस्पर्धा गर्दै अरोमा वाइन
स्नोम्यान वाइनरी प्रा.लि.बाट उत्पादित अरोमा वाइनले विदेशी वाइनसँग नेपाली बजारमा प्रतिस्पर्धा गर्न सफल भएको कम्पनीले जनाएको छ । ‘विदेशी वाइन मन पराउने धेरै नेपाली उपभोक्ताहरु पछिल्लो समय अरोमा वाइनप्रति आकर्षित भएको हामीले पाएका छौं,’ संचालक पुजनलाल श्रेष्ठले भने, ‘अरोमा वाइन विदेशी वाइनको विकल्प बन्दा हामी निकै खुसी छौं ।’ उत्कृष्ट गुणस्तर तथा स्वादकै कारण अरोमाले नेपाली उपभोक्ताको विश्वास जित्न सफल भएको उनी बताउँछन् ।
काठमाडौंमा अनलाइनबाट होम डेलिभरी
स्नोम्यान वाइनरी प्रा.लि.का उत्पादनहरुमा ‘अनलाइन होम डेलिभरी’ सुविधा उपलब्ध छ । काठमाडौं उपत्यकाका ग्राहकहरुले अनलाइनबाटै अरोमा, किङस हिल र चिफ गेष्ट वाइन अर्डर गर्न सक्ने कम्पनीले जनाएको छ ।
ग्राहकको सुविधालाई मध्यनजर गरी अनलाइन होम डेलिभरी सुविधा उपलब्ध गराइएको श्रेष्ठ बताउँछन् । अनलाइन होम डेलिभरीका लागि ग्यापु, चियर्स, सस्तो डिल, घ्याम्पे अनलाइनसँग कम्पनीले सम्झौता गरिसकेको छ ।
Comments are closed.