स्पर्श लघुवित्तद्धारा कर्मचारीलाई तालिम

पोखरा, २९ साउन ।

स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल सञ्चालनमा आएका २० वटा शाखा कार्यालमा कार्यरत प्रशिक्षार्थी फिल्ड कर्मचारीलाई २ दिने आधारभुत लघुवित्त सम्बन्धी तालिम प्रदान गरेको छ । साउन २७ र २८ गते सञ्चालन भएको कार्यक्रममा वित्तीय संस्थाका विभिन्न शाखा कार्यालयमा कार्यरत ३५ जना प्रशिक्षार्थी फिल्ड सहायकहरुको उपस्थिति रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले बताए ।

फिल्ड कर्मचारीहरुलाई लघुवित्त सम्वन्धी आधारभूत ज्ञान दिने, फिल्डमा काम गर्दा आईपर्ने समस्याहरु निराकरणका उपायहरुको बारेमा जानकारी दिने, कर्मचारीहरुलाई लगानी बचत तथा जीवन बीमाको बारेमा जानकारी गराउँदेै व्यवसाय वृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

संस्थाका कार्य सञ्चालन, जनशक्ति व्यवस्थापन तथा तालिम विभागका प्रमुख पवन बरालले लघुवित्तको उत्पत्ति, इतिहास र नेपालमा लघुवित्तको सुरुवात, वर्तमान अवस्था बारेमा तालिम दिएका थिए ।

कर्जा तथा अनुगमन विभागका प्रमुख हरिशरण गिरीले फिल्ड व्यवस्थापन समुह पुर्व तालिम, केन्द्र तथा समुहको गुणस्तरको बारेमा सहभागीलाई जानकारी दिएका थिए । वित्तीय संस्थाका सामान्य सेवा, आन्तरीक लेखा तथा शेयर विभाग प्रमुख ऋषभ सुवेदीले बर्तमान समयमा जीवन विमा किन, कसरी र यसको चौतर्फी फाईदाको बारेमा सहभागीलाई स्पष्ट पारे । संस्थाका वित्त तथा लेखा विभाग प्रमुख विनोद पराजुलीले सहभागीहरुलाई कार्यालयमा दैनिक प्रयोगमा आउने फारम तथा फरमेटहरुलार्ई अद्यावधिक गर्ने बारेमा बताएका थिए ।

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिृकत सजल खड्काले जीवनमा सफल हुनका लागि लक्ष्य सहित अघि बढ्नु पर्ने बताउँदै विभिन्न व्यक्तित्वहरुको जीवनीलाई उदाहरणको रुपमा प्रस्तुत गर्दै सहभागीहरुलाई लक्ष्य प्राप्तीका लागि उत्प्रेरित गरेका थिए ।

lcci
You might also like

Comments are closed.