स्पर्स लघुवित्तको साधारण सभा सम्पन्न

पोखरा, १८ कात्तिक ।

पोखरा कास्कीको बिजयपुरमा केन्द्रीय कार्यालय रहेको स्पर्स लघुवित्त वित्तीय संस्थाको दोस्रो वार्षिक साधारणसभा आइतवार सम्पन्न भएको छ । साधारणसभाले अध्यक्षको वार्षिक प्रतिवेदन, को लागि लेखापरीक्षकको नियुक्ति, आ.व.२०७४÷०७५ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र इक्विटीमा भएको परिवर्तन आदि सर्वसम्मतिबाट पारित गरेको प्रमुख कार्यकारी अधिकृत सजल खड्काले बताए ।

विशेष प्रस्ताव अन्तर्गत प्रबन्धपत्र तथा निमयावलीमा संसोधन, जारी पुजीलाई वृद्धि गर्दै संस्थापक तथा सर्वसाधारणको शेयर स्वामित्वलाई ७०ः३० को अनुपातबाट ६७.५०ः३२.५० हुने गरी संशोधन गर्ने तथा थप पाँच जिल्लामा कार्यक्रम विस्तार गर्ने प्रस्ताव पारित भएको छ । सभाले प्रस्तावित जारी पुँजी रु.८ करोड २९ लाख ६३ हजारको ३२.५ प्रतिशतले हुन आउने रु.२,६९,६३,००० बरबरको २,६९,६३० कित्ता साधारण शेयर सर्वसधारणलाई जारी गर्न सर्वसम्मतले पारित गरेको बताइएको छ ।

जनता बंैक नेपाल लि, मेगा बैंक नेपाल लि. र ७५ जना व्यवसायिक तथा प्रतिष्ठित व्यक्तित्वहरुले प्रर्वद्धन गरेको यस वित्तीय संस्थाले हाल २० वटा शाखा मार्फत करिब १२,००० सदस्यहरुलाई ४६ करोड कर्जा लगानी गरेको र करीब ९ करोड बचत संकलन गरेको प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव सजल खड्काले बताए । रु.१० करोड अधिकृत पुँजी रहेको वित्तीय संस्थाको हाल चुक्ता पुँजी रु.५ करोड ६० लाख रहेको छ भने सर्वसाधारणलाई शेयर जारी गरे पश्चात रु.८ करोड २९ लाख पुग्नेछ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.