पोखरा, १८ चैत
स्पर्स लघुवित्त वित्तीय संस्थाले आफ्ना ग्राहक सदस्यहरुलाई एक दिने कृषी तथा पशुपालन सम्वन्धी आधारभूत तालिम प्रदान गरेको छ । वित्तीय संस्थाको नवलपुर जिल्लामा अवस्थित सेमरी, सुक्रौली र भूताहा शाखाका करिव ४१ जना ग्राहक सदस्यहरुे तालिमबाट लावान्भित भएका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै वित्तीय संस्थाका विजनेश तथा कर्जा विभाग प्रमुख हरिशरण गिरीले सहभागीहरुलाई यस्तो किसीमको तालिमबाट प्राप्त ज्ञानको उपभोग गरी व्यवसायिक कृषी तथा पशुपालनलाई जोड दिई आर्थिक कृयाकलाप वृद्धि गर्न र आत्मनिर्भर बन्न प्रेरित गरेका थिए । कार्यक्रममा सहजकर्ताद्वय पशु विज्ञ धिरेन्द्र प्रसाद यादव र कृषि विज्ञ चेतनारायण रायले सहभागीहरुलाई कृषि तथा पशुपालन गर्दा ध्यान दिनुपर्ने कुराहरु, व्यवसाय सञ्चालन पुर्व र सञ्चान गरी सकेपछि आइपर्ने समस्याहरु र त्यसको समाधानको उपायका साथमा उत्पादीत चिजको बजार प्रवद्र्धनका तरिकाका बारेमा प्रस्ट पारेका थिए ।
वित्तीय संस्थाका सुक्रौली शाखाका शाखा प्रवन्धक अरविन्द मल्लले सञ्चालन गरेको उक्त कार्यक्रममा वित्तीय संस्थाका विजनेश तथा कर्जा विभागका प्रमुख, वित्तीय संस्थाका अन्य शाखाका शाखा प्रवन्धकहरु र स्थानीय भद्रभलाद्मीहरुको सहभागीता रहेको थियो । वित्तीय संस्थाले हाल २० वटा शाखा मार्फत करिव १५ हजार सदस्यहरुलाई आफ्नो सेवा विस्तार गरेको छ ।
Comments are closed.