‘स्पेनको हालतमा नेपाल नपुगोस्, मेरो कामना छ घरमै बस्नुहोस्’

आफन्तको अन्तिम शास हेर्ने रहर कसलाई हुँदैन र ?

मुक्त गुरुङ
युरोप क्षत्रीय उपसंयोजक, एन.आर.एन.ए.

स्पेनको पछिल्लो घटनाक्रम कहाली लाग्दो छ । सुरुका दिनहरूमा मानिसहरू चाइनिज भाइरस भन्दै हिडे । खुलेआम पार्टी र सपिङ गर्दै हिडे । अहिले स्पेन महामारीको चपेटामा परेको छ । दैनिक सयौं मानिस मरेका छन् । विश्वभरिका कुल मृत्युु मध्ये १७ प्रतिशत त स्पेनकै पुगिसकेको छ । संक्रमण त हिसाब नै छैन । यो दुःखदायी अवस्था कहाँसम्म पुग्ने र कहिलेसम्म रहने हो अहिले नै भन्न सकिने अवस्था छैन ।

स्पेन आधुनिक प्रविधिले सुसम्पन्न देश हो । र पनि अहिले अस्पतालमा बेड पुगेको छैन । बिरामीहरु छटपटाइरहेका छन् । हटलाइन फोन उठ्दैन, चिकित्सक र सामानको अभाव देखिन थालेको छ । आफन्तको अन्तिम शास हेर्ने रहर कसलाई हुँदैन र ? यहाँ त्यो अवस्था पनि छैन । आफन्तको मृत्युमा दाहसंस्कार समेत गर्न नपाउने अवस्था आउनु कति दुःखद छ त्यो तपाईंहरुले कल्पना गर्न सक्नुहुन्छ ।

jutta mela

अहिले चीनबाट चिकित्सक र सहयोग सामग्री आएको छ स्पेनमा । र पनि परिस्थिति काबु भन्दा बाहिर छ । यहाँको अवस्था निकै दयनीय र मर्मस्पर्शी छ । यहाँको दुःख आम नेपाली दाजुभाइ दिदीबहिनीलाई मैले बाढ्नुको अर्थ यो हो कि नेपालमा यस्तो विपद नपरोस् । नेपालीहरु धेरै बुझ्ने छन् भन्ने लाग्छ मलाई । तपाईंहरु आजैबाट सतर्क बन्नुहोला कि भोलि स्पेनको हालत नेपालमा नहोस् ।

नेपालमा मान्छे मर्न थालेपछिको अवस्था सायद कल्पना पनि गर्न सकिदैन । यसैले लकडाउनलाई साथ दिनुहोस र घर बाहिर नजानुहोस् भन्न चाहन्छु । सरकारले लकडाउन गरेको जनताको लागि हो । बारम्बार हात धुने र तातो पानी पिउने गर्नुहोला । स्पेनको जस्तो अवस्था नेपालले भोग्नु नपरोस् भनेर म कामना गर्न चाहन्छु ।

You might also like

Comments are closed.