स्मार्ट च्वाइसको स्मार्ट क्यूआर सेवा सञ्चालनमा

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले कुइक रेस्पोन्स कोड (क्यूआरसी) भुक्तानी प्रणाली स्मार्ट क्यूआर सञ्चालनमा ल्याएको छ । विभिन्न प्रकारका भुक्तानी सेवा र सुविधाहरुको प्राप्तीमा अनलाइन भुक्तानीलाई अझ आधुनिक, सहज र एकीकृत गर्न सक्ने गरी यो स्मार्ट क्यूआर सञ्चालनमा ल्याइएको बताइएको छ ।

नेपाल राष्ट्र बैंकको नगदरहित कारोवारलाई बढावा दिदैं वित्तीय कारोवार अघि बढाउने नीति अनुरुप विभिन्न बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई विश्वस्तरीय, सुरक्षित सेवा प्रदान गर्न यो प्रणाली सक्षम रहेको स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडका निमित प्रमुख कार्यकारी अधिकृत दिपेश मास्केले बताए । मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा योगदान गर्ने कम्पनीको नीति र प्रतिबद्वता अनुसार यो सेवा सञ्चालनमा ल्याईएको उनले बताए ।

परम्परागत प्रणालीलाई विस्थापित गर्दै नगदरहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवद्र्धन गर्ने कम्पनीको लक्ष्य रहेको बताइएको छ । स्मार्ट क्यूआरको प्रयोगबाट छिटो, मितव्ययी र सरल ढंगले क्युआर कोड स्क्यान गरी विविध आवश्यकता बमोजिम सेवा र सुविधाहरुको उपयोग गर्न सजिलो हुनेछ । विशेषतः यस क्यूआरसी भुक्तानी प्रणालीबाट आबद्घ भएका बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक संस्थाहरुले इएमभिको स्टान्डर स्ट्याटिक वा डाइनामिक क्यूआर कोड जेनेरेट गरी स्वदेशी तथा बिदेशी क्यूआर भुक्तानी सेवाहरुको बीचमा पनि सहजै कारोवार गराउन सक्नेछन ।

jutta mela

स्मार्ट क्यूआरको सञ्चालनमा आइएमई पे, प्रभु पे, क्यू पे जस्ता स्वदेशी भुक्तानी सेवा प्रदायक र अन्तर्राष्ट्रिय संस्था युनियन पे इन्टरनेशनलको समेत सहकार्य तथा साझेदारी रहेको कंपनिले जनाएको छ । आगामी दिनमा यस प्रकारको सेवा प्रदान गर्ने स्वदेशी तथा बिदेशी संस्थाहरुको अधिक संलग्नता गराँउदै यसको पहँुचलाई अझै बिस्तार गर्दै लैजाने लक्ष्य लिईएको छ । राष्ट्रको भुक्तानी प्रणालीको डिजिटाइजेशन प्रक्रियामा आफ्ना ग्राहकलाई आधुनिक सेवा प्रदान गर्न कम्पनी सधैं अग्रसर रहने बताइएको छ ।

You might also like

Comments are closed.