स्मार्ट स्कुलको अवधारणामा डिजी स्कुलले बनायो स्कुल म्यानेजमेन्ट सफ्टवेयर

काठमाडौं । डिजी स्कुल ग्लोबलले विद्यालयका सम्पूर्ण गतिविधिलाई अनलाइनका माध्यमबाट व्यवस्तित गरी स्मार्ट स्कुलको अवधारणामा ‘स्कुल म्यानेजमेन्ट सफ्टवेयर’ तयार गरेको छ । बेलायतको एनसिसी एजुकेसनले स्कुले विद्यार्थीका लागि तयार गरेको कम्प्युटर पाठ्यक्रम ‘डिजी स्कुल’लाई नेपालमा प्रवद्र्धन गर्दै आएको डिजी स्कुल ग्लोबलले ‘विद्यालय सपोर्ट कार्यक्रम’ अन्तरगत सफ्टवेयर तयार गरेको बताइएको छ ।

डिजी स्कुलको कम्प्युटर कोर्ष लागू भएका विद्यालयलाई पाँच वर्षका लागि र अन्य सबै विद्यालयलाई एक वर्षका लागि सफ्टवेयर निःशुल्क दिइने डिजी स्कुल ग्लोबलका प्रवद्र्धक सफ्टवेरिका कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताए ।

के छ त स्कुल म्यानेजमेन्ट सफ्टवेयरमा ?

jutta mela

विद्यार्थी तथा शिक्षकको डाटाबेस, हाजिरी र बिदा, शुल्क संकलन, रिसेप्सन अभिलेख, आम्दानी तथा खर्च सबैको ब्यवस्थापन स्फ्ट्वेर मार्फत हुनेछ ।

अनलाइन परीक्षा प्रणाली समेत हुने सफ्टवेयरमा भौतिक रुपमा लिइएको परीक्षाको अभिलेख समेत राख्न मिल्नेछ । गृहकार्य दिने र लिने साथै विद्यार्थी र शिक्षकलाई आवश्यक विभिन्न पाठ्य सामग्री डाउनलोड गर्ने सुबिधा समेत सफ्टवेयरमा उपलब्ध छ ।

शिक्षकहरुको आन्तरिक सञ्चारदेखि अभिभावकसँगको अनलाइन सञ्चार, लाइब्रेरीको अभिलेख, जिन्सी खाता तथा मानव संसाधनको अभिलेख सफ्टवेयरको माध्यमबाट हुनेछ । स्कुल बस र होस्टेलको सम्पूर्ण गतिविधिको अभिलेख सफ्टवेयरबाट गर्न सकिन्छ ।

विद्यार्थीको प्रगति विवरण र प्रमाणपत्र तथा लब्धाङ्कपत्र हेर्न र प्रीन्ट गर्न मिल्ने व्यवस्थासँगै शैक्षिक क्यालेन्डरको अपडेट सुबिधा समेत सफ्टवेयरमा छ ।

You might also like

Comments are closed.