स्याङजाको भीरकोटमा प्रधानमन्त्री रोजगार कार्यक्रम (फोटो फिचरसहित)

आर्थिक आवाज
स्याङजा । स्याङ्जास्थित भीरकोट नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालनमा आएको छ । गत चैत्र र वैशाख महिनामा बेरोजगारको सूचिमा सुचीकृत बेरोजगारहरुले यसै आर्थिक वर्षमा कम्तीमा ३० दिन बराबरको रोजगारी प्रदान गर्ने योजना अनुरुप उक्त कार्यक्रम सञ्चालनमा आएको हो ।

यस आर्थिक वर्षमा ११ लाख सशर्त अनुदानको रुपमा प्राप्त बजेट ९ वडाहरुमा काम हुने गरी उपलब्ध गराइएको नगरप्रमुख छायाराम खनालले बताए । ‘सबै वडाका बेरोजगार व्यक्तिहरुले रोजगारी पाउन् भन्ने उद्देश्यसहित सबै वडाहरुबाट योजनामा संचालन गरिएको छ,’ उनले भने ।

खेतीपाती लगाउने समय भएकाले सिँचाईका योजनाहरुमा बढी जोड दिएको र त्यसपछि बाटोघाटो निर्माण र मर्मतमा काम लगाउने बताउ । वडा नं। ८ मा सञ्चालित लामाखेत सिचाईँ कुलो आयोजनाको समुद्घाटन गर्दै प्राप्त कार्यक्रमको प्रारुप अनुसार योजना सम्पन्न भई सिंचित भएको देख्न पाइयोस् भन्ने आसय व्यक्त गरे ।

बेरोजगारलाई न्यूनतम रोजगारी प्रत्याभूत गर्न तथा सामुदायिक पूर्वाधारको विकासमार्फत नागरिकको जीवनयापनमा सुधार ल्याउने उद्देश्यले कार्यान्वयनमा ल्याइएको यस कार्यक्रममा केही नीतिगत अप्ठ्याराहरु रहेको र आगामी आर्थिक वर्षमा परिमार्जन गर्नुपर्ने खनालले बताए । आयोजना सञ्चालन गर्दा कुल लागतको कम्तीमा ७० प्रतिशत रकम श्रमिकको ज्यालामा खर्च गर्नु पर्ने प्रावधान छ । सामग्री खरिदमा ६० र पारिश्रमिकमा ४० प्रतिशत बजेट छुट्याएको खण्डमा आयोजना सञ्चालन तथा कार्यान्वयनमा सहजता देखिने बताइएको छ ।

सबै वडाहरुलाई समावेशी रुपमा बजेट बाँडफाँड गरी आयोजना कार्यान्वयनमा ल्याइएको छ । जसअन्र्तगत वडा नं। १ मा सडक मर्मत सम्भार र वडा नं। २ मा बाटो निर्माणका लागि योजना इस्टिमेट भई सुरु गर्ने तयारीमा छ । सिंचाई कुलो निर्माण तथा मर्मतका लागि योजना अगाडि सारेको वडा नं। ३ को इस्टिमेट गरी छिट्टै नै काम सुरु गर्ने तयारी रहेको बताउँछन् वडा नं। ३ का अध्यक्ष बाबुराम श्रेष्ठ ।

वडागत रुपमा बजेट बाँडफाँड गरिएकाले आफ्नै तरिकाबाट योजना सम्पन्न गर्न लागिरहेका छन् सबै वडाहरु । सिङ्गखोला सिंचाई कुलो आयोजनामर्मतको योजना अगाडि बढाएको वडा नं। ४ केहि दिनभित्र नै औपचारिक कार्यक्रमसहित शुभारम्भ गर्ने सोँचमा छ ।

कार्यक्रम कार्यान्वयनमा अलिअब्बल देखिएको वडा नं। ५ मातिलाहार नेटा गोदीखोला गोरेटो बाटो आयोजना सम्पन्न भइसकेको छ । बेरोजगारी दर्ता फारमको आँकडा अनुसार सबैभन्दा धेरै फारम भर्नेको संख्या पनि यस वडामा नै छ । कुल २ सय ४७ जना बेरोजगार व्यक्तिहरुले फारम भरेकोमा कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाका लागि १५ जना बेरोजगारहरुले काम गरेको बताउँछन् वडा नं। ५ का वडा अध्यक्ष यामप्रसाद अधिकारी ।

सिंचाई आयोजनाका लागि काम अगाडि बढाएको वडा नं। ६ को काम सम्पन्न हुने अवस्थामा छ । खेतीगर्ने समय भएकाले उक्त योजना तत्काल कृषकहरु लाभान्वित हुने देखिन्छ । बालबालिकाहरुका लागि विद्यालय जाने गोरेटो बाटो निर्माणमा जुटेको छ वडा नं। ७ । यहि बजेटबाट सबै काम सम्पन्न नहुने देखिए पनि काम सुरु गरेको र आगामी आर्थिक वर्षमा यसै यसै योजनामा बजेट थप गरी पुरा गर्ने लक्ष्य लिइएको छ ।

दुई वटा योजना पाएको वडा नं। ८ मा दुवै योजना सिँचाईका छन् । समुद्घाटन कार्यक्रमसहित सञ्चालन भएका आयोजनाहरु सम्पन्न हुन लागिसकेका छन् । योजना मध्येमा अलि फरक योजनामा जुट्यो वडा नं। ९ । जसले सार्वजनिक शौचालय निर्माण सम्पन्न गरिसकेको छ । कार्यक्रमको प्रावधान र प्रारुप अनुसार नै सम्पूर्ण प्रक्रिया पु¥याएर कार्यक्रम सुरु गरिएकोले अन्य स्थानीय तहहरुमा भन्दा केहि ढिला कार्यान्वयनमा आएपनि सबै वडाहरुमा बजेट बिनियोजन भएकाले समयमा नै सम्पन्न हुने बताउँछन् भीरकोट रोजगार सेवा केन्द्रका रोजगार संयोजक वसन्त बस्नेत ।

You might also like

Comments are closed.