स्याङ्जाको पेल्काचौरमा रेवानको आयोजनामा निः शुल्क स्वाथ्य शिविर

५ सय ६० जनाले स्वास्थ्य जाँच गराए

स्याङ्जा, ८ असार

स्याङ्जाको पुतली बजार नगरपालिका १२ पेल्काचौरमा शनिवार निः शुल्क स्वास्थ्य शिविर गरिएको छ । रेष्टुरेण्ट एण्ड वार एशोसियसन (रेवान) पोखराको आयोजनामा भएको स्वास्थ्य शिविर आयोजना भएको हो । शिवरमा नाक, कान, घाँटी, दाँत पेट, मुटु, महिलाको पाठेघर लगायतको जाँच भएको छ । शिविरमा बच्चा, सुत्केरीको समेत स्वास्थ्य जाँच गराइएको थियो ।
पेल्काचौरमै भिडियो एक्सरे, इसिजी, ल्याव समेत लगेर शिविरमा आएका स्थानीयको स्वास्थ्य जाँच गरिएको हो । गाउँमा आमा, दिदी बहिनीले पाठेघरका समस्या लुकाएर राख्ने भएकोले शिविरमा पाठे घरको क्यान्सरको समेत जाँच गरिएको रेवान पोखराका अध्यक्ष भिमसेन भुजेलले जानकारी दिए ।

पुतली बजार नगरपालिकाको दुर्गम वडामा भएको स्वास्थ्य शिविरमा युवा, बालबालीका, देखि बृद्धबृद्धा समेत गरि ५ सय ६० जनाले स्वास्थ्य जाँच गरेको रेवान पोखरामा प्रथम उपाध्यक्ष लक्ष्मण बरालले बताए । रेवान पोखराले सामाजिक उत्तरदायित्व अन्तर्गत नगरपालिका भित्र रहेर पनि दुर्गम स्थानमा रहेको पेल्काचौरमा स्वास्थ्य शिविर आयोजना गरेको बरालले सुनाए ।
स्वास्थ्य शिविर कार्यक्रममा पुतली बजार नगरपालिकाकी मेयर सिमा क्षेत्रीले गाउँ गाउँमा सहज स्वास्थ्य सेवा पु¥याउन नगरपालिकाले प्राथामिक्ता दिएको सुनाइन् । पेल्काचौरमा भारतीय सरकारको सहयोगबाट संचालनमा आएको एम्बुलेन्सलाई गाउँका स्थानीयको सेवामा लाग्ने गरि थप आवश्यक सेवामा नगरपालिकाले पनि सघाउने उनले सुनाइन् ।


पोखरा पर्यटन परिर्षदका पूर्व अध्यक्ष गणेश बहादुर भट्राईले सामाजिक उत्तरदायित्व अन्र्तगत गाउँका स्थानीयको स्वास्थ्य सेवकालागि निःशुल्क स्वास्थ्य शिविर संचालन हुने प्रसंसनीय कार्य रहेको बताए । सबै उद्योग व्यवसायीले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजको सेवाको काम गर्नु पर्नेमा उनले जोड दिए । रेवान पोखराका पूर्व अध्यक्ष तथा शिविरका संयोजक चौबहादुर गुरुङले समाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए । मनकामना माविका प्राचार्य नारायण अर्यालले गाउँमा आएर स्वास्थ्य शिविर संचालनबाट लामो समय देखि अस्पताल नै नपुगेका स्थानीयले समेत लाभ लिएकार बताए ।

स्वास्थ्य शिविरमा सेवा हस्पीटल पोखरा, हिमालय आँखा अस्पताल पोखरा, कान्तिपुर डेण्टल हस्पीटल, पुतली बजार नगरपालिका वडा नम्बर १२, मनकामना युवा क्लवले सहकार्य गरेका थिए ।

You might also like

Comments are closed.