स्वतन्त्र सांसद राजिव नेकपामा प्रवेश

पोखरा । स्वतन्त्र सांसद राजिव गुरुङ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । मनाङ् प्रदेश (ख)बाट निर्वाचित सांसद गुरुङ विहीबार नेकपा प्रवेश गरेका हुन् । सांसद गुरुङसँगै नेकपा विप्लव समूहका कास्की सचिवालय सदस्य पुस्प कार्कीपनि विहीबार नेकपा प्रवेश गरे । उनीहरु दुबैलाई गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपा गण्डकी प्रदेश ईञ्चार्ज पृथ्वी सुब्बा गुरुङले खादा र अवीर लगाएर नेकपामा प्रवेश गराए । लगत्तै उनले राजिवलाई नेकपाको विधानसमेत हस्तान्तरण गरे ।

नेकपा प्रवेश गरेका गुरुङको छवी डनका रुपमा रहेको थियो । उनलाई अहिलेपनि धेरैले दीपक मनाङे उपनामबाट चिन्छन् । उनी वागी उम्मेद्वार बनेर मनाङ (ख)बाट निर्वाचित भएका हुन् । तत्कालिन बाम गठबन्धनले शुरुमा उनलाई उम्मेद्वार बनाउने सोंच बनाएको थियो । तर चुनावताका डनलाई उम्मेद्वार बनाएको भनेर मतदाता भड्किने भन्दै बाम गठबन्धन भित्रै आलोचना भएपछि अन्तिम समयमा आएर उनलाई टिकट दिइएको थिएन । आधिकारिक टिकट नपाएका उनले वागी उम्मेद्वारी हालेका थिए । वागी उम्मेद्वार भएपनि उनलाई बाम गठबन्धनले चुनावमा सघाएको थियो ।

निर्वाचित भएपनि उनले लामो समयसम्म सफत लिन पाएनन् । तर पछि सर्बोच्चले सफत लिन पाउने बाटो खुल्ला गरिदिएपछि उनले आफू निर्वाचित भएको १६ महिनापछि गत माघ १४ गते सफत लिएका थिए ।

jutta mela

नेकपामा प्रवेश गराउँदै गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा गण्डकी प्रदेश ईञ्चार्ज पृथ्वी सुब्बा गुरुङले दीपक मनाङेका रुपमा नभई राजिव गुरुङका रुपमा नेकपा प्रवेश गरेको बताए । नेकपामा प्रवेश गरेका गुरुङले आगामी दिनमा पुरानो छवी नदोहो¥याउने उनले विश्वास व्यक्त गरे ।

नेकपा प्रवेश गरेका सांसद गुरुङले आफू निर्माण व्यवसायी भएको बताउँदै आएका छन् ।

राजिवको नेकपा प्रवेशसँगै नया तरङ्ग उत्पन्न भएको छ । नेकपाले पार्टीमा आउने जोकोहिलाई स्वागत गर्न सकिने बताएपनि राजनीतिक विश्लेषक भने राजिवको नेकपा प्रवेशलाई शुद्धिकरणबिरुद्धको रुपमा अथ्र्याउँछन् । राजनीतिक विश्लेषक सुरेन्द्र थापा मगर भन्छन्,‘राजिवको नेकपा प्रवेश नौलो होइन, अहिले कुनैपनि पार्टीमा शुद्धिकरण अभियान नै छैन, कित शुद्धिकरण अभियान चल्नुपर्छ । तर कुनैपनि दल शुद्धिकरणतर्फ लाग्दैनन् । पार्टीमा शुद्धिकरण भएका मान्छे मात्र छैनन,‘उनले थपे,‘ यो महासागरमा सबै खालका मान्छे छन् । नदीमा असला मान्छे मात्र हुन्थे, अहिले सागर भयो, सागरमा माछा, भ्यागुता, बिच्छी पनि हुन्छन् . उनको भित्रयाए पनी यहि हो ।

नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले राजिवले नेकपाको सिद्धान्त, बिचार र विधान मान्छु भनेकाले नेकपामा स्वागत गरेको बताए । उनले आगामी दिनमा राजिव नेकपाको विधान अनुसार चल्ने विश्वास व्यक्त गरे ।

गुरुङ नेकपा प्रवेश गरेसँगै गण्डकी प्रदेशमा नेकपाको दुई तिहाई पुगेको छ । कुल ६० प्रदेश सदस्य रहेको गण्डकी प्रदेश सभामा नेकपाको ३९ सदस्यमा स्वतन्त्र सांसद गुरुङ थपिएपछि ४० पुगेको छ । त्यस्तै, कांग्रेस १५, जनमोर्चा ३ (एक दिवंगतसहित) र २ साविक नयाशक्तिका रहेका छन् ।

You might also like

Comments are closed.