स्वास्थ्यकर्मी सहित गण्डकी प्रदेशमा थपिए ४४ जना कोरोना संक्रमित

 

पोखरा ।गण्डकी प्रदेशमा ४४ कोरोना संक्रमित थपिएका छन् । यस सँगै संक्रमितको संख्या ३ हजार ६४ पुगेको छ ।क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ४४ जनामा संक्रमण  पुष्टी भएको हो ।

संक्रमित हुनेमा तनहुंका ६ जना, कास्कीका ३४ जना, लमजुङका ३ जना र स्याङ्जाका १ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

पोखरामा थपिएका संक्रमित मध्य स्वास्थ्यकर्मी र  बालिका पनि रहेका छन् ।

You might also like

Comments are closed.