स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई युवा उद्यमी मञ्चबाट मास्क र स्यानिटाइजर सहयोग

पोखरा । नेपाली युवा उद्यमी मञ्च पोखराले पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मास्क र स्यानिटाइजर सहयोग गरेको छ । प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यलाई मञ्चका अध्यक्ष पुनित वैद्यले सोमबार स्यानिटाइजर र मास्क हस्तान्तरण गरेका हुन् ।

प्रतिष्ठानमा कार्यरत कर्मचारी र र सर्वसाधरणको प्रयोगका लागि मास्क र स्यानिटाइजर सहयोग गरिएको वैद्यले जानकारी दिए । मञ्चले करिब ३ हजार वटा मास्क र ४ लिटर स्यानिटाइजर सहयोग गरेको सिनियर मेम्बर सन्तोष घिमिरेले जानकारी दिए ।

You might also like

Comments are closed.