हस्पिटालिटी म्यानेजमेण्ट तर्फको प्रस्तावित पाठ्यक्रमका सन्दर्भमा कार्यशाला

आर्थिक आवाज
पोखरा । नेपालमा माध्यमिक तहको शिक्षा दुई धारको सञ्चालन भएको छ । साधारण धार र प्राविधिक तथा व्यावसायिक धार । वि.सं.२०७० सालबाट प्राविधिक तथा व्यावसायिक शिक्षा कक्षा ९ बाट सुरु गरियो ।

सुरुमा बाली विज्ञान, पशु विज्ञान, इलेक्ट्रिकल, सिभिल र कम्प्युटर इन्जिनियरिङ तर्फको शिक्षा दिन सुरु गरियो भने वि.सं. २०७३ सालबाट संगीत शिक्षा दिन थालियो । यो शिक्षामा ४० प्रतिशत सैद्धान्तिक र ६० प्रतिशत प्रयोगात्मक शिक्षा दिइन्छ ।

वि.सं. २०७५/७६ सालमा पब्लिक हेल्थ, अटोमोबाइल एण्ड मेकानिकल र हस्पिटालिटी म्यानेजमेण्ट तर्फको पाठ्यक्रम विकास गरिएको छ । हस्पिटालिटी म्यानेजमेण्ट तर्फको प्रस्तावित पाठ्यक्रमका सन्दर्भमा नेपाल टुरिजम एण्ड होटल म्यानेजमेण्ट कलेज छिनेडाँडा पोखरामा पृष्ठपोषण प्राप्तिका लागि प्रशिक्षक, विद्यार्थीहरुबाट राय सुझाव संकलनका लागि कार्यशालाको आयोजना गरिएको छ ।

jutta mela

कार्यक्रमको आयोजना पाठ्यक्रम विकास केन्द्रले गर्नुका साथै संयोजन नेपाल टुरिजम एण्ड होटल म्यानेजमेण्ट कलेज पोखराका प्राचार्य प्रकाश रेग्मीले गरेका थिए । यस कार्यक्रमबाट प्राप्त पृष्ठ पोषणले नेपालको पर्यटन तथा होटल व्यवस्थापनको क्षेत्रमा आवश्यकीय पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउने अपेक्षा गरिएको प्रिन्सिपल प्रकाश रेग्मीले बताए ।

You might also like

Comments are closed.