पोखरा । हाइकर्स क्लब नेपालको १३ औं हाइकिङ सम्पन्न भएको छ । स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने उदेश्यले स्थापना भएको हाइकर्स क्लब नेपालले विगत १ वर्ष देखि कास्की जिल्लाका गाउँहरु अवलोकन गर्दै हरेक महिनाको अन्तिम शनिबार हाइकिङ सन्चालन गर्दै आएको छ ।
कोरोना महामारी र लकडाउनका कारण स्थगन भएको हाइकिङ पुनः सन्चालन गरि निरन्तरता दिन पोखरा १७ र २१ को सिमाना दोविल्लादेखि ग्रामिण बस्ति हुडिकोट , जिब्रेढुङ्गा हुदै पोखरा ३३ भरतपोखरी सम्मको करिब ५ किमिको यात्रा गरि हाइकिङ भाग १३ सम्पन्न भएको छ । हाइकिङको टोलीलाई जिब्रेढुंगा सामुदायिक होम स्टेका पदाधिकारी र आमा समूहले निर्माणाधीन सामुदायिक भवनमा स्वागत गरे । होम स्टेका सचीव रनबहादुर गुरुङले होमस्टेको बारेमा जानकारी दिए।
हाइकिङको पुर्व सन्ध्यामा गरिएको औपचारिक कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका ३३ का अध्यक्ष शिवप्रसाद आचार्यले हरेक क्षेत्रमा निस्वार्थ कर्मको खाचो रहेको बताए। सचेत नागरिकले राजनितिमा हस्तक्षेप गर्नुपर्ने खाचो औल्याउँदै सकारात्मक र सर्वहितका कार्यमा आफ्नो सदा साथ र सहयोग रहने बताए ।
समाजसेवी भरत रायमाझीले आन्तरिक पर्यटनलाइ बढावा दिदै ग्रामिण पर्यटनको प्रवद्धन गर्न हाइकिङ आवस्यक रहेको बताए । कार्यक्रममा स्थापनादेखि नै संस्थालाई आ आफ्नो तबरबाट सहयोग पु¥याउदै आएका पत्रकार मनोज घर्ति मगर , निर्माण व्यवसायी एबम समाजसेवी लिल काजि गुरुङ , लोगो डिजाइनर प्रबेश तुलाचनलाई क्ल्वको तर्फबाट मायाको चिनो प्रदान गरियो । कल्बका अध्यक्ष प्रविन तुलाचनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत उपाध्यक्ष कृष्ण रानाभाट र सन्चालन क्लवका सदस्य मधु अधिकारीले गरेका थिए ।
Comments are closed.