‘हाइलाइफ’को वट्स पोखरासहित देशभरको बजारमा, खाद्य सामग्रीको बजार बढाउँदै हाइलाइफ

आर्थिक आवाज
पोखरा । ‘हाइलाइफ’ ब्राण्डको वट्स पोखरासहित गण्डकी प्रदेशमा बिक्री सुरुवात भएको छ । पोखरामा गत साताबाट वट्सको बिक्री सुरुवात भएको हो । गण्डकी प्रदेशसहित देशभरको बजारबाट वट्सको बिक्री भइरहेको उत्पादक कम्पनी हाइलाइफ फुड नेपाल प्रालिका प्रवन्ध निर्देशक पंकज ज्ञवालीले जानकारी दिए ।

हाइलाइफ ब्राण्डको वट्सलाई गण्डकी क्षेत्रमा न्यु क्षितिज ट्रेडर्सले बिक्री गर्छ । स्वास्थ्यवर्दक रहेकाले हाइलाइफको वट्स पोखरासहित गण्डकी प्रदेशको बजारमा राम्रो बिक्री हुनेमा आफू विश्वस्त रहेको न्यु क्षितिज ट्रेडर्सका सञ्चालक हरिराज पन्तले बताए । इन्स्टेन्ट र रोल्ड वर्टस बजारमा आएको पन्तले जानकारी दिए । ‘जार र पौचको प्याकेटमा उपलब्ध छ,’ पन्तले भने, ‘यो निकै हाइजेनिक छ ।’

रुपन्देहीको नेपाल एभरेष्ट फुड एण्ड स्न्याक्स प्रालि, राइजिङ सन एग्रो प्रालि र हाइलाइफ फुड नेपाल प्रालिद्वारा उत्पादित हाइलाइफ ब्राण्डका विभिन्न खाद्य सामग्री पोखरा क्षेत्रसहित देशभरबाट बिक्री हुँदै आइरहेको छ ।

jutta mela

हाइलाइफ ब्राण्डका कन्फ्लेक्स, चिउरा, सेयाविन, मल्टिग्रेन, वड्स, मुस्ली लगायतका खाद्य सामग्री नेपाली बजारमा छन् । बिगत १५ वर्षदेखि कन्फ्लेक्स र ५ वर्षदेखि चिउरा उत्पादन गर्दै आइरहेको उद्योगले हाइलाइफ ब्राण्डलाई बजारमा ल्याएको हो ।

‘गुणस्तरीय उत्पादन बजारमा ल्याउन सफल भएका छौं,’ ज्ञवालीले भने, ‘छोटो समयमा हाइलाइफ ब्राण्डबाट हामीले राम्रो प्रतिक्रिया पाएका छौं । देशभरका बजारमा यो ब्राण्ड पुगेको छ ।’

नेपाली कञ्चा पदार्थलाई प्राथमिकतामा राखेर हाइलाइफ ब्राण्डका सामान उत्पादन गरिएको निर्देशक प्रशान्त घिमिरेले बताए । ‘गुणस्तरमा सम्झौता नगरी सामान उत्पादन गर्न हामी सफल छौं,’ उनले भने, ‘नेपाली धानबाट चिउरा र नेपाली सुद्ध मकै लगायत अन्य कच्चा पदार्थबाट खाद्य सामग्री उत्पादन गर्छौं ।’

उत्पादित सामानलाई हाइजेनिक राख्न मेटलिक पेपरले ¥यापिङ गरिएको बजार प्रवन्धक कपिल पनेरुले बताए । हाइलाइफ सामग्री उत्पादित उद्योगमा ३ सय जना भन्दा बढी कर्मचारीले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

You might also like

Comments are closed.