हाईकिङ गर्दै कास्कीको हरिपाउसम्म

 

पोखरा । पोखराका केहि युवाहरु मिलेर गत वर्ष देखि नियमित संचालन गर्दै आएको हाईकिङ कोभिड १९ को कारण स्थगित भएकोमा पुनः सञ्चालनमा आएको छ ।

पर्यटकीय क्षेत्र पोखरा १६ स्थित महेन्द्रगुफादेखि ढिकिडाँडा तथा हरिपाउसम्म गरिएको थियो । महेन्द्रगुफा, रमणिय घार्मी गाउँ हुर्दै हरिपाउ पुगेको समुहको नेतृत्व घार्मी निवासी तथा पोखरा फाईनान्स लि.का विरौटा शाखा प्रमुख आनन्द पौडेलले गरेका थिए ।

jutta mela

हाइकिङमा सहभागीहरुलाई स्वागत गर्दै हरिपाउमा होम स्टे संचालक एकनाथ आचार्यले पोखरा वजारलाई नेपालको झण्डाको आकारमा देखाउँदा आश्चर्यमा परेका थिए । महेन्द्रगुफा बाट पैदा १ घण्टा र मोटरसाईकलमा १० मिनेटमै सकिने १४९० मीटरको उचाई रहेको ढिकीडाडाँ, मैदान पोखरी, कालिका देउराली मन्दिर, हरिसिद्धि आविको वारेमा जानकारी गराउँदै हरिपाउबाट माछापुच्छ्रे र अन्नपुर्ण हिमाल नजिकै देखिने पनि वताए । साथै ४२०० मीटरको उचाईमा रहेको कालिलेक, कालिकोट मन्दिर हरिपाउबाट २÷३ घण्टामै पुग्न सकिने उनले बताए ।

पत्रकार मनोज घर्ति मगरले हाइकर्स क्लब नेपालले आयोजना गरेको हाईकिङमा पहिलो पटक सहभागी भएको वताउँदै हाइकिङले कास्की जिल्ला भित्रका पर्यटकीय क्षेत्रको मात्रै प्रवद्धन गरेको भन्दै आगामी दिनमा छिमेकी जिल्लाका स्थानहरुलाई पनि समेट्नु पर्ने बताए ।

काठमाडौं घर भई हाल पोखरामा वस्दै आउनु भएका राष्ट्रिय विमा संस्थान पोखराका कार्यालय प्रमुख युनिस रौनियारले आफुलाई हाईकिङमा रमाउन निकै मन लाग्ने भएपनि कुनै अवसर नपाएको अवस्थामा हाइकर्स क्लबले पहिलो पटक जुटाएकोमा खुशी लागेको बताए ।

शिक्षासेवी शालिकराम अधिकारी, फर्निचर व्यवसायी सुमन कतिला श्रेष्ठ, नाट्य कलाकार सविता सापकोटा, कोरियन प्रोडक्ट व्यवसायी निरज तामाङ, युवा व्यवसायी तथा लायन्स क्लब अफ पोखरा हेरिटेजका अध्यक्ष ओम प्रकाश उपाध्याय, मन्टेश्वरी सञ्चालिका टिका आचार्य, लामाचौरका हरि शर्मा, पोखरा ९ निवासी समाजसेवी बुद्धि रानाभाट तथा विष्णु खवासले हाईकिङलाई नियमित रुपमा आयोजना गर्नुपर्ने बताए ।

स्वास्थ्य र पर्यटनको लागि हाईकिङ भन्ने मुल नाराका साथ विगतमा भाग १० सम्म पुगेर रोकिएको हाइकिङ सरकारले लकडाउन अन्त्यको घोषणा गरे लगतै सुरु गरिएको हाईकिङ क्लब नेपालका उपाध्यक्ष तथा हाइकिङ व्यवस्थापन संयोजक कृष्ण रानाभाटले वताए ।

लकडाउनको अवस्थामा पनि सामाजिक दुरी कायम राख्दै सेनिटाईज र माक्सको प्रयोग गरी हाईकर्स क्लबका अध्यक्ष प्रविण तुलाचनको नेतृत्वमा पोखरा १७ घारीपाटनमा रहेका ओम कारेश्वर मन्दिर, सेल्फी पुल, ऐतिहासिक सिता पाईला मन्दिर, हरिहर मन्दिर, अकलादेविको मन्दिर लगाएतको स्थानमा गत शनिबार पैदल अवलोकन गरिएको थियो ।

You might also like

Comments are closed.