हिमपातले भत्कियो घर, घरधनी काठमाडौं हुँदा मानवीय क्षति भएन

आर्थिक आवाज
पोखरा, १३ फागुन । हिमपातका कारण मनाङमा एक घर भत्किएको छ । आइतबार राति परेको हिमपातका कारण ङिस्याङ गाउँपालिका ४ हुम्दे बस्ने ६०÷६५ वर्षका क्यु छिरिङ गुरुङको ढुङगा माटोले बनेको टिनको छानो भएको २ तले घर भत्केको प्रहरीले जनाएको छ ।

घर धनी काठमाडौंमा गएकाले मानवीय क्षति नभएको तथा घर पूर्ण रुपमा क्षति भएको बताइएको छ । घरमा बस्न सक्ने अवस्था नरहेको अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

You might also like

Comments are closed.