हिमशिखर क्लबले जित्यो फेदीखोला गाउँपालिकाको ‘अध्यक्ष कप २०७६’

पोखरा, २ असार
स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ फेदीखोला गाउँपालिका स्याङ्जाद्वारा आयोजना गरिएको दोस्रो अध्यक्ष कप २०७६ (7’A’ SIDE फुटबल)  फेदीखोला गाउँपालिका वार्ड नं १ स्थित श्री दामगाडे मा.वि. को खेल मैदानमा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य माननीय मिन प्रसाद गुरुङले गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै  गुरुङले खेल नै स्वास्थ्यको धन भएको बताए । गाउँपालिकाद्वारा आयोजित यस प्रतियोगितामा गाउँपालिका भित्रका १४ टिमको सहभागी थियो ।

प्रतियोगितको फाईनलमा फेदीखोला गा.पा.वार्ड न. १ को माछापुच्छ्रे युवा क्लब र वार्ड नं २ को हिमशिखर क्लब बिच फाइनल खेल भएको थियो । हिमशिखर क्लबले माछापुछ्रे युवा क्लबलाई Sudden Death मा पराजित गर्दै उपाधी जित्न सफल भएको थियो ।
यससगै बिजेताले रनिङ ट्रफि, विजेता ट्रफि, प्रमाणपत्र र नगद रु.३०,०००, र उप(बिजेताले ट्रफी, मेडल, प्रमाणपत्र र नगद रु.२०,००० प्राप्त गरेका छन ।
खेलमा Best Player माछापुच्छ्रे युवा क्लबका खेलाडी सुनिल गुरुङ, Best Goalkeeper र Highest Scorer क्रमशः हिमशिखर क्लबका प्रकाश परियार, अजय कार्कीले पाएका छन १ यससँगै Best Player  ले बुट, Best Goalkeeper ले ग्लब्स र  Highest Scorer  ले समेत बुट सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।

jutta mela

दुई दिन सम्म सञ्चालन भएको यस कार्यक्रम निकै सभ्य अनि भव्य रुपमा समापन भएको थियो । समापन कार्यक्रम स्याङ्जा जिल्ला क्षेत्र नं १ का संघिय सांसदका सदस्य नारायण प्रसाद मरासिनिको प्रमुख आतिथ्यतामा भएको थियो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वास्थ्यका लागी खेल आवश्यक छ, अब सिंगो खेलकुद क्षेत्रलाई स्वास्थ्य मात्र नभएर एकता र समृद्धी सँगसँगै जोडेर लैजानु पर्नेू बताए ।

कार्यक्रममा राष्ट्रीय खेलकुद परिषदका पुर्व सदस्य खड्क बहादुर रानाभाट, प्याब्सन केन्द्रिय उपाध्यक्ष पुष्पराज बराल, प्याब्सन गण्डकी प्रदेश उपाध्यक्ष हर्क बहादुर कार्की लगायत स्थानियबासि, बुद्धिजिवि, भद्रभलाद्मि, प्रहरीप्रशासन लगायत खेलप्रेमिहरुको निकै उत्साहजनक सहभागी रहेको थियो । फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुबेदिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला खेलकुद परिषद सदस्य राजन पराजुलीले गरेका थिए ।

You might also like

Comments are closed.