हिमालयन कम्प्युटरद्वारा सिसी टिभी ‘युनिभ्यु’ सार्वजनिक

पोखरा । पोखराको न्युरोडमा रहेको हिमालयन कम्प्युटर्सले युनिभ्यु ब्राण्डलाई पोखरा भित्र्याएको छ । पोखरामा आयोजित क्यान इन्फोटेकको अवसर पारेर हिमालयन कम्प्युटर्सले युनिभ्यु ब्राण्डलाई पोखरामा सार्वजनिक गरेको हो ।

युनिभ्यु सिसी टिभी सेक्युरिटी सिस्टम हो । चीनमा उत्पादन भएको युनिभ्यु संसारकै उत्कृष्ट ५ ब्राण्डमा पर्ने हिमालयन कम्प्युटर्सका सञ्चालक जगन गुरुङले जानकारी दिए । नेपालको आधिकारिक बिक्रेता इगलटेकले यो ब्राण्डलाई नेपाल भित्र्याएको हो ।

jutta mela

सफ्टवयर सोलुसनको काम पनि हिमालयन कम्प्युटर्सले सुरुवात गरेको छ । सफ्टवयर सोलुसन्स अन्तर्गत सहकारी, बिजनेस एकाउन्टिङ, स्कुल, कलेज, रेष्टुरेन्ट, खानेपानी, सामुदायिक संघसंस्था तथा व्यावसायिक प्रतिष्ठानहरुलाई सेवा दिइने गुरुङले जानकारी दिए ।

पोखरामा बिगत ३३ वर्षदेखि व्यवसाय गर्दैै आइरहेको हिमालयन कम्प्युटर्स सूचना तथा प्रविधिको क्षेत्रमा अग्रणी मानिन्छ । एसर, डेल, एचपी, इप्सन, क्यानन, इस्क्यान, प्रोलिंक, एसपावर, एप्यासर लगायतका ब्राण्डलाई ग्राहक माझ पु¥याउँदै आइरहेको छ । बिक्री पछिको सेवालाई हिमालयन कम्प्युटर्स नेपालमै उत्कृष्ट मानिने गुरुङले बताए ।

You might also like

Comments are closed.