हिमाल कलेज स्रोत एवं अनुसन्धान केन्द्रको रुपमा विकास हुँदैछः क्याम्पस प्रमुख कार्की

हरि कार्की, क्याम्पस प्रमुख, हिमाल कलेज अफ म्यानेजमेन्ट

२०५८ सालदेखि नर्सरी कक्षाबाट आफ्नो शिक्षण पेशा अँगाल्दै विभिन्न विद्यालय एवं कलेजको सञ्चालक, विभिन्न व्यवसाय तथा सामाजिक संघसंस्थामा आवद्ध हुँदै हिमाल कलेज अफ म्यानेजमेन्टको सञ्चालक एवं क्याम्पस प्रमुखको जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ हरि कार्की । उहाँको नेतृत्वमा सञ्चालनको शुरुवाती वर्षमा नै संख्यात्मक एवं गुणात्मक विद्यार्थी भर्ना गरेर इतिहास रच्न सफल भयो पोखरा बगाले टोलमा रहेको हिमाल कजेज अफ म्यानेजमेन्ट ।

स्थापनाकै छोटो समयमा प्रदेशकै उत्कृष्ट शैक्षिक संस्था मध्येमा पर्न सफल छ कलेज । व्यवस्थापन विषयलाई कक्षा ११ बाट नै व्यावसायिक एवं व्यवहारिक सिकाईमा जोड दिने उद्देश्यका कलेज सञ्चालन गरिएको बताउनुहुन्छ क्याम्पस प्रमुख कार्की । यसै सन्दर्भमा कलेजका विशेषता, विद्यार्थीहरुको आकर्षण, व्यवस्थापन अध्ययनको महत्व तथा अवसर लगायत विविध विषयमा केन्द्रित रहेर क्याम्पस प्रमुख कार्कीसँग आर्थिक आवाजले गरेको कुराकानीको सारः

हिमाल कलेज अफ म्यानेजमेन्ट अरु कलेज भन्दा कसरी भिन्न छ ?

jutta mela

हेर्नुु्स सबैले आफ्नो संस्था अरु भन्दा भिन्न छ भन्ने गर्छन् र भन्नु पनि पर्छ । तर भन्नु र आफूलाई बजारमा भिन्न सावित गर्नु फरक कुरा हो । सिद्धान्त घोक्नु र सिद्धान्तमा हिड्नु फरक कुरा हो । हामी सिद्धान्तमा हिडेर पनि पोखरामा एक प्रकारको आफ्नो उपस्थिति जनाई सकेका छौं । पोखराका टप टिचरको व्यवस्थापन र सञ्चालन, व्यावसायिक एवं व्यबहारिक ज्ञानमा जोड, प्रविधिमैत्री पढाई, समय समयमा व्यावसायिक एवं सफल व्यक्तिसंगको अन्तक्रिया, विद्यार्थीको रुची अनुसार प्रत्येक हप्ता अतिरिक्त क्रियाकलाप, विद्यार्थीको अभिभावक एवं कलेज प्रशासनमा सुमुधुर सम्बन्ध एवं छलफल, भर्नाको शून्यबाटै विद्यार्थी लक्ष्य निर्धारण र सो अनुसार व्यक्तिगत उत्प्रेरणात्मक कार्य, सामाजिक दायित्व सम्बन्धी ज्ञान आदि कुराहरुको प्रयोगका कारण हामी अरु भन्दा वास्तवमै भिन्न छौं । प्रयोगात्मक शिक्षामा जोड दिएका छौं । सुविधासम्पन्न भौतिक संरचना छ । अनुभवी तथा दक्ष प्राध्यापक भएकै कारण हामी सफल छौं । पोखरामा चलन चल्तीमा रहेको प्लसटु एवं कलेजमा अध्यापन गरी आफूलाई निखार्दै आएको टिम हामीसँग छ ।

कलेजमा व्यवस्थापन संकाय मात्र सञ्चालन गर्नुको उद्देश्य के हो ?

संसारको अर्थतन्त्रको ठूलो हिस्सा व्यवासायले लिएको छ । जबसम्म आर्थिक विकास परिवार, टोल, प्रदेश अथवा देशमा हुँदैन कुनै पनि राष्ट्र समृद्ध हुँदैन भन्ने हाम्रो टिमको बुझाई थियो । त्यसका लागि अहिले जुन परम्परागत सोच र ढंगबाट कलेज एवं अरु कलेज सञ्चालित छन् तिनीहरुको विकल्पको रुपमा सफल व्यवसायी, उद्योगी, बैंकर, सिए आदि उत्पादन गर्न व्यवास्थापन मात्र अध्यापन गर्न यो कलेज स्थापना भएको हो । संसारमा नै हेर्ने हो भने अहिले व्यवस्थापनको माग उच्च रहेको हामी पाउछौं । अहिले प्राय विद्यार्थीको चाहना पनि व्यवस्थापन अध्ययन गर्ने नै छ । समय सापेक्ष रुपमा अघि बढ्न हामीले व्यवस्थापन शिक्षण रोजेका हौं ।

व्यवस्थापन विषय अहिलेको आवश्यकता हो त ?

विषय छनौट विद्यार्थीको क्षमता एवं रुचीमा भर पर्छ । कुनै पनि दवाव एवं लहैलहैमा विषय छनौट गर्नु हँुदैन । कक्षा ११ बाट छनौट गरिने विषय विद्यार्थीको भविष्यसंग सिधै जोडिएको हुन्छ । तर, जुन विषय छनौट गरेता पनि अधिकांश विद्यार्थी एवं अभिभावको चाहना पारिवारिक आर्थिक समृद्धिमा रहन्छ । त्यो चाहनापूर्तिका लागि व्यवस्थापन संकाय निर्विकल्प हो । संसारमा भएका धनी एवं सम्पन्न व्यक्ति सूचि तयार पार्ने हो भने यो वा त्यो रुपमा ९८.५ सफल व्यक्ति व्यावसायिक नै हुन्छन् । त्यसकारण हाम्रो बुझाई के छ भन्ने यहि परिवारको एक व्यक्ति व्यावसायिक सफल भयो भने पक्कै पनि देशमा औद्योगिक गति आउँछ । जसले गर्दा राष्ट्रको विकास एंव समृद्धिमा टेवा पुग्छ । यसको लागि विद्यार्थी एवं अभिवावकले कलेज छान्दा ध्यान दिनुपर्छ ।

उद्देश्य अनुरुप कलेज सञ्चालन भएको छ ?

सफलता त्यसको नतिजामा भर पर्छ । सञ्चालनको हाम्रो २ वर्षको संख्यात्मक एवं विद्यार्थीहरुको गुणात्मक ज्ञानको तुलना कुनै पनि कलेजसंग गरेर हेर्नुहोस् । पक्का पनि तपाईंले यसको उत्तर मबाट भन्दा त्यताबाट चित्त बुझाउने पाउनु हुनेछ । हामी उद्देश्य अनुसार सफल छौं । स्थापनाको छोटो अवधिमा नै विद्यार्थीको लोकप्रिय कलेज बनेका छौं ।

धेरै सुविधा कलेजमा छ भन्नुहुन्छ, कत्तिको महंगो छ ?

निजी तवरबाट संचालित सम्पूर्ण शैक्षिक संस्थाको एक उद्देश्य नाफासंग जोडिएको हुन्छ । कुनै निजी संस्थाले सेवा मात्र हो भन्छ भने पक्कै त्यहाँ अभिभावक एवं विद्यार्थीलाई जालजेलमा पारेको छ भन्ने थाहा हुन्छ र बुझ्नुपर्छ । सफल व्यावसायिक उद्योगी, बैंकर लगायतको युवा टिम हामीसंग छ । हामीसंग भविष्य एवं समय प्रशस्त भएका कारण हाललाई लागानीको समय मानी औषत शूल्कमा सम्पूर्ण शैक्षिक गातिविधि अगाडि बढाइरहेका छौं । हाम्रो ‘टिम इन्भेष्टिगेसन’ महत्व ठूलो छ भन्ने ठहर गर्छ । त्यसकारण हामी भविष्यको रेखा कोर्नेमा सहयोग हुने शुल्क मात्र लिइरहेको छौं ।

प्लस टुमा संकाय हटाउने तयारी छ । तपाईंको कलेजलाई यसले कत्तिको असर पार्ला ?

संकाय हटाउने भने पनि पठनपाठन संकायको वरीपरी नै रहेर हुने गर्छ । ३ वटा विषय अनिवार्य नै छ । ३ वटा ऐच्छिक छन् । ३ वटा मध्ये विद्यार्थीहरु आफ्नो भविष्यको लागि व्यवस्थापनमा जाने कि अन्य फ्याकल्टीमा जाने भन्ने कुरा त्यहीँबाट निर्धारण हुन्छ । घुमाउरो पाराले भन्नुपर्दा विषयहरु बढेका हुन् । उद्देश्य भनेको व्यवस्थापन, विज्ञान र अन्य संकायतर्फ जाने बाटो नै अवलम्बन गरेको पाइन्छ । यसले हिमाल कलेज अफ म्यानेजमेन्टलाई झन् परिमार्जन र परिस्कृत गर्दै व्यवस्थापन संकायको स्रोतकेन्द्र तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने जुन लक्ष्य हामीले लिएका थियौं, यसलाई पुरा गर्न थप बाटाहरु खुलेको पाइन्छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

विश्वमा कोभिड–१९को महामारी भइरहेको बेला आफ्नो एवं पारिवारिक सुरक्षामा विषेश ध्यान दिनुहुन म सम्पूर्णलाई अनुरोध गर्दछु । साथै छोटो समयमा कलेजलाई स्थापित गर्र्न प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्ण अभिभावक, विद्यार्थी, पत्रकार, शुभचिन्तक, शिक्षक एवं कर्मचारी सम्पूर्णलाई धन्यवाद दिन चाहान्छु । आगामी दिनमा पनि तपाईंको माया सुझाबको लागि कलेज प्रशासन आशाबादी छ । र अन्त्यमा अब कक्षा ११ व्यवस्थापन संकायमा अध्ययन गर्न ईच्छुक विद्यार्थी भाइबहिनीलाई कलेजका बारेमा बुझ्न अनुरोध गर्दछु ।

You might also like

Comments are closed.