काठमाडौं
भारतीय बजारमा सार्वजनिक भएका दुईवटा बाइक्स हिरो एक्सपल्स २०० र एक्सपल्स २००टी नेपाली बजारमा आउने भएका छन् । हिरो मोटोकर्पले केही दिन पहिले उक्त वाईक सार्वजनिक गरेको हो ।
आगामी भदौ १० देखि प्रारम्भ हुने नाडा अटो शोमा यी बाइकलाई सोकेश गरिने छ । नेपालमा हिरो बाइकको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ प्रालिका सिनियर म्यानेजर दिनेश बज्राचार्यले यी दुवै बाइक अटो शोमा ल्याउने प्रयास भइरहेको बताए ।
यद्यपि बिक्रीका लागि भने त्यसको केही समय पछि मात्र उपलब्ध हुनेछ । यसको मूल्य पनि त्यतिबेलै थाहा हुनेछ ।यद्यपि यसको मूल्य सोही सेगमेन्टका अन्य बाइकको मूल्य भन्दा प्रतिस्पर्धि हुने उनले बताए ।
नेपाली बाइक प्रेमीहरु समेत यी दुई बाइकका लागि प्रतिक्षारत छन् । ती दुई एड्भेन्चर बाइक हुन् ।
हिरो एक्सपल्स २०० मा स्पोक ह्विल्स र अफरोड टायर रहेको छ । यसको फ्रन्ट ह्विल २१ इन्च र रियर ह्विल १८ इन्चको रहेको छ । सो बाइकलाई अफरोड राइडिङको लागि डिजाइन गरिएको छ । यसको ग्राउन्ड क्लियरेन्स २२० एमएम छ । एक्स्प्लस २०० मा लामो विन्डस्क्रिन पनि समावेश गरिएको छ ।
एक्सपल्स २००टी मा एलोई ह्विल्स र रोड टायर जडान गरिएको छ र सो बाइक पर्यटनको लागि निकै राम्रो मानिएको छ ।
हिरो एक्सपल्स २०० र एक्सपल्स २००टी मा लामो र शार्प फ्रन्ट मडगार्ड, हरेक प्रकारको सडकको लागि उपयुक्त टायर्स र राउण्ड एलईडी हेडल्याम्प रहेको छ । यसको साथै यसमा पुरै डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र सिटको भित्री भागमा यूएसबी चार्जिङ डिभाइज पनि रहेको छ । सो बाइकको फ्रन्ट र रियर दुबैमा डिस्क ब्रेक रहेको छ । बाइकमा सिंगल च्यानल एबीएस पनि समावेश गरिएको छ ।
हिरोको यी दुबै एडभेन्चर बाइकमा एक्सट्रिम २००आरको २०० सीसी, एयर कुल्ड, फ्युल इन्जेक्सन, सिंगल सिलेन्डर इन्जिन जडान गरिएको छ । सो इन्जिनले ८००० आरपीएममा १८.४ पीएसको पावर र ६५०० आरपीएममा १७.१ एनएमको टर्क जेनेरेट गर्छ ।
Comments are closed.