हुन्डाईका गाडीमा दुई महिनाको फ्रि सर्भिसिङ र वारेन्टी बढाइयो

काठमाडौं । कोरोना भाइरसका कारण लकडाउन भएपछि हुन्डाईका गाडीमा दुई महिनाको फ्रि सर्भिसिङ र वारेन्टी पिरियड बढाइएको छ ।

नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हाल विद्यमान लकडाउनका कारण भएको अनिश्चितताका कारण कुनै चिन्ता नलिन आफ्ना गाडी धनीहरुलाई अग्रह गरेको छ ।

कम्पनीले सामाजिक सञ्जाल फेसबुकमार्फत एक सूचना जारी गर्दै हुन्डाई केयरमार्फत प्रदान गरिने सो सुविधा सामान्य अवस्था भन्दा दुई महिना बढाइने बताएको छ ।

jutta mela

हुन्डाईले कुनै पनि नयाँ गाडी किन्ने ग्राहकलाई ४ वर्ष वा ५७ हजार किलोमिटर गुड्दा सम्म १२ फ्रि सर्भिसिङ उपलब्ध गराउने गरेको छ । त्यसैगरी इन्जिनमा ३ वर्षको वारेन्टी उपलब्ध गराउने गरेको छ ।

You might also like

Comments are closed.