हुन्डाईले ल्यायो दशैं तिहार अफर, १ लाख रुपैयाँ सम्म नगद छुट पाउन सकिने

हुन्डाई अटोमोवाइल्स नेपालको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले दशैं तिहारलाई लक्षित गरी “यसपालिको दशै तिहार “दशै तिहार WELCOME TO HYUNDAI PARIWAR” योजना सार्वजनिक गरेको छ । योजनाको अवधि असोज ५ देखी मंसिर ५ गते सम्म रहनेछ । दशैं, तिहार र छठ उत्सव मनाउने लक्ष्यसहित योजना ल्याएको बताईएको छ ।

योजनाअन्तर्गत, ग्राहकहरुले आकर्षक नगद छुटका साथै स्क्रयाच कार्ड मार्फत थप १ लाख रुपैयाँ सम्मको नगद छुट पाउन सक्नेछन् । बम्पर उपहार अन्तर्गत लक्की–ड्र मार्फत हुन्डाई Aura १ थान र हुन्डाई Grand i10 NIOS १ थान जित्न सक्नेछन् । त्यसका साथै ग्राहकहरुले १ वर्ष निःशुल्क वीमा पनि पाउनेछन् ।

यस कठिन समयमा स्वास्थ्यकर्मीहरूको समर्पण र अथक सेवालाई ध्यानमा राखी उनिहरुलार्ई सम्मान स्वरुप “विशेष प्याकेज“ दिने निर्णय पनि लक्ष्मी इन्टरकन्टिनेन्टलले गरेको छ ।

jutta mela

लक्ष्मी इन्टरकन्टिनेन्टलप्रा.लि.ले नेपाल भरी १३ शोेरुमहरु, तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमावाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडौँ ग्राहकहरुको मन तथा विश्वास जित्न सफले छ ।

सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङ, र १ बर्ष निःशुल्क सवारी कर भुक्तानीसहित स्वामित्व हस्तान्तरणका साथ उपलब्ध हुन्छन् ।

You might also like

Comments are closed.