हेल्पफुल हेण्ड्सको स्थापना दिवसमा आयोजित निबन्धको उपाधि नेपाल प्रकाशलाई

पोखरा । लायन्स क्लब अफ पोखरा हेल्पफुल हेण्ड्सको छैटौं स्थापना दिवसको उपलक्ष्यमा बिहीबार आयोजित निबन्ध प्रतियोगिताको उपाधि नेपाल प्रकाश अधिकारीले जितेका छन् ।

लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट गभर्नर ईन्दु लम्सालको स्लोगन ‘सशक्तीकरणका लागि जागौं’ विषयमा आयोजित प्रतियोगितामा लायन्स क्लब अफ पोखरा माउन्टेन सिटीका अधिकारी प्रथम भएका हुन् ।

jutta mela

प्रतियोगितामा द्वितीय हिमलाल श्रेष्ठ (गण्डकी स्टेट), तृतीय रामचन्द्र पौडेल (राइजिङ स्टार) र सान्त्वना कल्पना तिवारी (सिमसार) भएका छन् । बिहीबार बिहान आयोजित प्रतियोगिताका बिजेताहरुलाई साँझ आयोजित चार्टर नाइट कार्यक्रममा पुरस्कृत गरिएको क्लबका अध्यक्ष तेजप्रसाद अधिकारीले जानकारी दिए ।

कार्यक्रमका बोल्दै प्रमुख अतिथि डिष्ट्रिक्टका द्वितीय भाइस गभर्नर विशेश्वर आचार्यले हेल्पफुल हेण्ड्सले रचनात्मक कार्यक्रमहरु गर्दै आइरहेको बताए । यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिएर क्लबलाई अझ सफल बनाउन उनले शुभकामना दिए ।

डिष्ट्रिक्टका क्याबिनेट सेक्रेटरी विनोद ढुंगानाले डिष्ट्रिक्टका हरेक गतिविधिमा हेल्पफुल हेण्ड्सको सक्रियता सहभागिता तथा साथ रहेको बताए । कार्यक्रममा कोचिफ एडभाइजर सुचित्रा थापा, पढाऔं अभियान चिफ चण्डीप्रसाद अर्याल लगायतले बोलेका थिए । क्लब स्थापना दिवसको अवसरमा वर्षेनी निबन्ध प्रतियोगिता आयोजना हुँदै आइरहेको निबर्तमान अध्यक्ष मोहन सुवेदीले जानकारी दिए ।

You might also like

Comments are closed.