होटलहरु असोज १ गतेबाट खुल्ने, ट्रेकिङ र रेष्टुरेन्ट व्यवसाय पनि चल्ने

काठमाडौं । कोभिड जोखिमका कारण बन्द रहेका नेपालका होटलहरु असोज १ गतेबाट खुल्ने भएका छन् । सोमबार बसेको मन्त्रीपरिषद बैठकले होटलहरु खुल्ला गर्ने निर्णय गरेको प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

सरकारले जारी गर्ने स्वास्थ्य निर्देशिकाको पूर्ण पालना गरी होटलहरु खुल्ला गर्ने निर्णयमा सरकार पुगेको हो । ट्रेकिङ र रेष्टुरेन्ट व्यवसाय पनि असोज १ बाटै खुल्नेछन् ।

आन्तरिक हवाई उडान र लामो दुरीका सार्वजनिक बसहरु पनि असोज १ गतेबाटै सञ्चालनमा आउनेछन् ।

You might also like

Comments are closed.