होटल कुटीसँगै कुटी बैंक्युट सञ्चालनमा

पोखरा । पोखराको लेकसाइडमा कुटी बैंक्युट सञ्चालनमा आएको छ । युवा व्यवसायी देवेन्द्र केसीले होटल कुटीसँगै कुटी बैंक्युट सञ्चालनमा ल्याएका हुन् । ५ सय जना क्षमताको बैंक्युट सञ्चालनमा ल्याएको केसीले जानकारी दिए ।

बिगत ४ वर्षदेखि कुटी रिसोर्ट सञ्चालन गरिरहेका केसीले थप लगानीसहित गत वर्षबाट होटल कुटी सञ्चालन गरेका थिए । अहिले होटल कुटीसँग जोडेर अत्याधुनिक सुविधा सम्पन्न हलसहित बैंक्युट सञ्चालनमा ल्याएका हुन् ।

एसी जडित, भिआइपी कक्ष, प्रशस्त गार्डेन र पार्किङको सुविधासहित बैंक्युट सञ्चालनमा ल्याएको केसीले जानकारी दिए । पोखरामा हुने सभा, सम्मेलन, सेमिनार, विवाह, ब्रतबन्ध लगायत विभिन्न प्रकारका कार्यक्रमलाई लक्षित गरी बैंक्युट सञ्चालनमा ल्याइएको केसीले बताए । ‘स्टरीय सेवा दिनेगरी पोखरामा राम्रो बैंक्युटको आवश्यकता महसुस गरी लगानी गरेको हुँ,’ केसीले भने ।

कुटी रिसोर्टमा बैंक्युट बाहेक सानो र ठूलो गरी अन्य २ वटा कन्फ्रेन्स हलसमेत छन् । कुटी रिसोर्टमा ५१ वटा र होटल कुटीमा ४० वटासहित ९१ वटा रुमबाट होटल व्यवसाय सञ्चालन गरिरहेका केसीले छिट्टै कुटी जिम सञ्चालनको तयारी गरिरहेका छन् । स्पा, स्टिम, साउना, इन्डोर हिटर स्विमिङ पुल, अर्गानिक कफी सप, ज्वेलरी सप, सेभिनर सप, व्युटि विथ हेयर कटको सुविधा कुटी रिसोर्टमा उपलब्ध छ । होम मेड बेकरीबाट सेवा प्रदान भइरहेको रिसोर्टमा रात्री भोजलाई लक्षित गरी कौशी रेष्टुरेन्टमा नेपाली कल्चर कार्यक्रमसमेत दैनिक प्रस्तुत हुँदै आइरहेको छ ।

पर्यटन व्यवसायसँगसँगै केसीको अगुवाइमा लेविच मेनिरल वाटर, द सोनिया अटोमार्ट, सुपर मेट्रो टुर्स एण्ड ट्राभल्स, सल्यान भदौरे स्टोर्स सञ्चालनमा छन् । सबै व्यवसायमा गरेर २ सय भन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको केसीले जानकारी दिए ।

 

You might also like

Comments are closed.