होटल प्रतिनिधि समाज पोखराले ग¥यो विभिन्न व्यक्तीलाई सम्मान

पोखरा, ४ जेठ ।

होटल प्रतिनिधि समाज पोखराले सल्लाहकार ब्यक्तिहरुलाई सम्मान गरेको छ । समाजले शनिबार एक कार्यक्रमको आयोजना गरी सस्थां प्रति गरेको सहयोगको उच्च योगदानको कदर गर्दै सम्मान गरेको आयोजकले जानकारी गराएको छ ।

सस्थाका सल्लाहकारहरु मिडिया सल्लाहकार गणेश पहारी, याम प्रशाद गुरुङ, पर्यटन ब्यवसायी गणेश भट्टराई, पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन , पूर्व अध्यक्ष तथा पश्चिमाञ्चल होटल संघका प्रथम उपाध्यक्ष लक्ष्मण सुबदी, कृष्ण के.सी, हरीकुमार गुरुङ, विष्णु गुरुङ, सन्तु चौधरी, दिपेन्द्र पहारी, पश्चिमाञ्चल होटल संघका महासचिब गणेशराज पहारी, कानुनी सल्लाहकार शोभा पौडेल पराजुली र हिमलाल पौडेल लाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पश्चिमाञ्चल होटल संघ पोखराका प्रथम उपाध्यक्ष लक्ष्मण सुबेदीले प्रतिनिधि समाजका प्रतिनिधिहरु पर्यटकका राजदुत भएको बताए । उनले जहिले सम्म नेपाल सहित पोखरामा पर्यटकको आगवन भइरहन्छ, तो समय सम्म प्रतिनिधि समाज रहने उल्लेख गरे । आफु पनि यही संस्थाबाट प्रतिनिधित्व गदैे पश्चिमाञ्चल होटल सघंको प्रथम उपाध्यक्ष जस्तो पदमा पुगेको स्मरण गर्दै, आफ्नो सहयोग यस सस्था प्रति हरपल रहने बताए ।

निर्वतमान अध्यक्ष नगेन्द्र बहादुर थापाले पर्यटकलाई बाटो देखाउने हाम्रो कामले पोखरा सहित राष्ट्रको गौरब बढाएको बताए ।

अध्यक्ष राजकुमार गुरुङले समाजमा रहेको सम्र्मपूण सदस्य एक भएर अगाडी बढेमा संस्था मजबुत हुने बताउदै सस्थाको हक हितका लागि अग्रजहरुको सल्लाह अनुसार नै अगाडी वढ्ने प्रतिबद्धता ब्यक्त गरे । उपाध्यक्ष नारायण हरी पौडेलले स्वागत मनतब्य राखेको कार्यक्रममा पूर्व अध्यक्ष दिपेन्द्र पहारी लगाएतले वोलेका थिए ।

You might also like

Comments are closed.