होटल म्यानेजमेन्ट ‘गरिखाने शिक्षा’

विजय पौडेल
कार्यकारी अध्यक्ष, कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज

पर्यटकीय नगरी पोखरामा १६ वर्ष अगाडि खुलेको कान्तिपुर होटल ट्रेनिङ सेन्टरलाई विस्तार गर्ने क्रममा कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजको जन्म भयो । ६ वर्ष अगाडि वृहत लगानीसहित खुलेको कलेजमा डिप्लोमा इन कुलिनरी आर्टस् र डिप्लोमा इन होटल म्यानेजमेन्ट विषयमा पढाई हुँदै आइरहेको छ । यसैक्रममा कलेजका विशेषतासहित विविध विषयमा केन्द्रित रहेर कार्यकारी अध्यक्ष विजय पौडेलसँग आर्थिक आवाजले गरेको कुराकानीः

कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज कहिलेबाट सञ्चालनमा आएको हो ?
प्राज्ञिक शिक्षालाई जोड दिदै आएको समाजले गरिखाने शिक्षाको टड्कारो आवश्यकतालाई महसुस गरिरहेको अवस्थामा हामीले प्राविधिक शिक्षामा लगानी गर्नुपर्छ भन्ने सोच बनायौं । सोही सोच अनुरुप बिगत १६ वर्ष अगाडि पोखरामा कान्तिपुर होटल ट्रेनिङ सेन्टर स्थापना भयो । ट्रेनिङ सेन्टर हुँदै बिगत ६ वर्षदेखि वृहत लगानीसहित कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज सञ्चालन भइरहेको छ ।

कलेजमा कुनकुन विषयको पढाई हुन्छ ?
विद्यार्थीको रोजाई र चाहना अनुसारको विषयलाई हामीले प्राथमिकता दिदै आइरहेका छौं । डिप्लोमा इन कुलिनरी आर्टस्, डिप्लोमा इन होटल म्यानेजमेन्टका विषयमा पढाई हुँदै आइरहेको छ ।

jutta mela

कलेजको मुख्य विशेषताहरु के–के छन् ?
कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले अष्ट्रेलियाको युनिभर्सिटीबाट सम्बन्धन प्राप्त गरेको छ । पढाई पश्चात रोजगारीको ज्ञारेन्टी गरेका छौं । यहाँबाट दिक्षीत विद्यार्थीलाई माल्दिभ्स, बहराइन, आवुदावी, दुवई, साउदीअरब, कतार जस्ता मिडलिस्ट कन्ट्रिका पाँचतारे होटल तथा फाइनडाइनिङ रेष्टुरेन्टमा रोजगारी ज्ञारेन्टी गरेका छौं । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म अध्ययनको व्यवस्था छ । दक्ष तथा लामो समय अनुभव भएका विदेशी प्रशिक्षकहरुबाट पढाई हुन्छ । अत्याधुनिक सेवा सुविधासहितको होस्टलको व्यवस्था छ । पाँचतारे होटलको अनुभूति हुने गरी कलेजमा ल्याब बनाएका छौं ।

कहाँकहाँबाट विद्यार्थीहरु अध्ययनका लागि आउँछन् ?
नेपालका सबै जिल्लाबाट विद्यार्थीहरु आउने गरेको पाएका छौं । विशेष गरी बढी मात्रामा पूर्वका विद्यार्थीहरु आएका छन् ।

यहाँबाट उत्तीर्ण विद्यार्थीले रोजगारीका क्रममा मासिक कति कमाउन सक्छन् ?
यहाँबाट उत्तीर्ण विद्यार्थीको देश तथा विदेशमा माग राम्रो छ । तलब पनि आकर्षक पाउने गरेका छन् । न्युनतम ६५ हजार रुपैयाँदेखि १ लाख ३० हजार रुपैयाँसम्म मासिक आम्दानी गरेका छन् ।

होटल म्यानेजमेन्ट नै किन अध्ययन गर्ने ?
होटल म्यानेजमेन्ट पढेका विद्यार्थीको विश्व बजारमा अत्याधिक माग छ । पढाई पश्चात रोजगारीको ज्ञारेन्टी हुने भएकाले पनि यो विषयमा आकर्षण बढ्नु स्वभाविक हो । अर्को विशेषता भनेको पढाईसँगै पाँचतारे होटलमा ३ वर्षको अनुभव पछि अष्ट्रेलिया, न्युजिल्याण्ड र क्यानडामा डाइरेक्ट पि.आर. एप्लाई गर्न पाइने भएकाले अहिलेका विद्यार्थीहरु होटल म्यानेजमेन्टको कोर्षका लागि इच्छुक हुन्छन् ।

You might also like

Comments are closed.