होटल र रेष्टुरेन्ट खुले, पर्यटक र ग्राहक छैनन्

काठमाडौं । कोरोना जोखिमकै बीच सरकारले साउन १५ बाट होटल, रेष्टुरेन्ट लगायत पर्यटन क्षेत्र खुल्ला गर्ने निर्णय गरेअनुसार आजबाट देशभरका होटल तथा रेष्टुरेन्ट खुल्ला भएका छन् । होटल, रेष्टुरेन्ट खुलेपनि पर्यटक र ग्राहकको अभावमा सुनसान छन् ।

अहिले सुनसान रहेका होटल तथा रेष्टुरेन्टमा अब आउने सिजनमा पर्यटकलाई स्वागत गर्न पाइने विश्वासमा पर्यटन व्यवसायी छन् । अब आउने सिजनकै तयारी स्वरुप कोरोना जोखिमकै बीच व्यवसायीहरुले अहिले नै पर्यटन क्षेत्रलाई खुल्ला राख्न तयार भएका हुन् ।

सरकारले जारी गरेको स्वास्थ्य निर्देशिका पालना गर्दै व्यवसायीहरु होटल, रेष्टुरेन्ट खुल्ला गर्न तयार भएको पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिवी पोखरेल बताउँछन् ।

You might also like

Comments are closed.