ह्याण्डबल पदकधारीलाई पोखरामा सम्मान

पोखरा, २१ वैशाख

नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ह्याण्डवल खेलमा पदक दिलाउने गण्डकी प्रदेशका खेलाडीलाई पोखरामा सम्मान गरिएको छ । नेपाल ह्याण्डबल संघले शनिबार पोखरामा एक कार्यक्रम गरि ह्याण्डबलमा स्वर्ण पदकधारी पुरुष टीम र काश्य पदकधारी महिला टीमलाई सम्मान गरेको हो ।

कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, गण्डकी प्रदेशका सांसदहरु मोहन रेग्मी, इन्द्रधारा विष्ट र मिना गुरुङ, राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङ, नेपाल ह्याण्डवल संघका अध्यक्ष तेजबहादुर गुरुङ, भूतपुर्व खेलाडी मञ्चका पुर्व अध्यक्ष द्वय डा.विरेन्द्रसिंह गुरुङ, खड्कबहादुर रानाभाट, संघका सल्लाहकार राम गुरुङलगायतले पदकधारी खेलाडीलाई सम्मान गरेका हुन् ।

नेपाल ह्याण्डबल संघले ह्याण्ड बल पुरुष टिमका क्याप्टेन बिशाल बस्नेत, दिनेश श्रेष्ठ, बिमल थापा, प्रविन गुरुङ, पवन छन्त्याल, विशाल नेपाली, तारा केसी, चन्द्र केसी, कदम चालिसे, जोमिश पुर्जा, शरण थापा, सन्तोष श्रेष्ठ, कल्याण भण्डारी र शिव खड्कालाई सम्मान गरेको हो । त्यस्तै पुरुष ह्याण्डबलको प्रशिक्षकमा भीमसेन शाक्य, सहायक प्रशिक्षक गणेश अर्याल, व्यबस्थापक सुमन थकालीलगायतलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा मेजर लक्ष्मीप्रसाद गुरुङले ह्याण्डवल खेलमा लाग्न हौषला मिलोस् भन्दै पदकधारी खेलाडीहरुलाई २५ हजार नगदसहित सम्मान गरे । त्यस्तै महिला ह्याण्डबल तर्फ काश्य पदकधारी गण्डकी प्रदेशका खेलाडीहरु कप्तान सुस्मीता गुरुङसहित सम्पूर्ण खेलाडी तथा प्रशिक्षक बिष्णु गुरुङलाई सम्मान गरिएको थियो । गण्डकी प्रदेशको पुरुष ह्याण्डबल टीमले विभागिय टोली सशस्त्र प्रहरी वलको एपीएफ क्लवलाई पराजित गर्दै स्वर्ण पदक दिलाएको थियो ।

सम्मान कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले राज्यको न्यून लगानीमा पनि साधारण खेलाडीले विभागिय टोलीलाई पराजित गरि स्वर्ण पदक जित्नु गौरवको कुरा भएको बताए । उनले आर्थिक विकास र मुलुकको समृद्धिको लागि खेलकुदलाई सँगसँगै लैजानु पर्ने बुझेर गण्डकी प्रदेश सरकारले होस्टलसहितको सुविधा सम्पन्न खेल मैदान बनाउने योजना बनाएको बताए ।

नेपाल ह्याण्बल संघका अध्यक्ष तेजबहादुर गुरुङले अब राज्यले यस खेलमा लगानी गर्नुपर्ने बताए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुने हुँदा उक्त खेलमा धेरै स्वर्ण पदक ल्याउनेगरी खेल पुर्वाधार तथा निरन्तर प्रशिक्षण दिने ब्यबस्था मिलाउनुपर्नेमा जोड दिए ।

You might also like

Comments are closed.