ह्याण्डव एकेडेमीको उद्घाटन

आर्थिक आवाज
पोखरा, १२ माघ । पोखरा रंगशालामा हालै निर्माण गरिएको ह्याण्डवल एकेडेमीको शनिबार एक समारोहका बिच उद्घाटन गरिएको छ । राष्ट्रिय खेलकुद परिषदको सहयोगमा, नेपाल ह्याण्बल संघ, जिल्ला खेलकुद विकास समिति कास्कीको समन्वयमा हालै पोखरा रंगशालमा निर्माण भएको एकेडेमीको गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गरिन् ।

कार्यक्रममा बोल्दै मन्त्री पुनले यस्ता खेलकुदका भौतिक संरचनाले पोखरा सहित गण्डकी क्षेत्रको खेलकुदको विकास हुने विश्वास व्यक्त गरिन् । विद्यार्थीलाई पढाई र शिक्षालाईसंगसंगै लैजान आग्रह गर्दै मन्त्री पुनले गण्डकी प्रदेशका नागरिकलाई स्वस्थ बनाउन सबै लाग्न लाग्नुपर्नेमा जोड दिइन् ।

नेपालमा हुने साफ गेम्सलाई लक्षित हुने गरी उक्त एकेडेमी नेपालमै पहिलो पटक करिब ९९ लाखको लागतमा निर्माण गरिएको नेपाल ह्याण्डवल संघका अध्यक्ष तेज बहादुर गुरुङले बताए । पूर्व खेलाडी तथा संघका विदेश विभाग प्रमुख राम बहादुर गुरुङ, ह्याण्डवल एकेडेमी खेल मैदान निर्माण उपभोक्ता समितिका संयोजक योगेन्द्र बहादुर बस्नेतलाई सम्मान गरिएको छ । संघ कास्कीका कार्यवहाक अध्यक्ष चित्र बहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

You might also like

Comments are closed.