१८ लाखको कार पाउने ४० रुपैयाँको यो लक्की नम्बर ०५४८९२

पोखरा, ८ माघ । खचाखच दर्शक । तालीसँगै बढ्दो धुकधुकी पनि । लहरै राखिएका ६ बटा गाग्री र गाग्रीमा राखिएका नम्बरहरु । पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारीले जब पहिलो नम्बर थुत्न पत्रकार टंक अधिकारीलाई आग्रह गरे, माहौल एकाएक सुनसान बन्यो । स्वभाविक रुपले उनले शुन्य नंवर निकाले । पोखराको नयाँबजारमा पुस २७ देखि माघ ८ गतेसम्म सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेला २०७४ मा प्रवेशको लागि बिक्री गरिएका सबै टिकट शुन्यबाटै सुरु हुन्थे । भाग्यको खाता पत्रकार अधिकारीले खोले पनि भाग्य डोहो¥याउने काम नागरिक समाज कास्कीका अध्यक्ष रामबहादुर पौडेलले गरे । उनले अंक ५ निकाले । तेस्रोमा आएका उच्च अदालत पोखराका बार एसोसियसनका अध्यक्ष दयाराम गौतमले ४ नम्बरतिर भाग्य डो¥याए । चौथो नम्बरमा आएका पत्रकार महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले निकालेको नम्बर ८ थियो । दर्शकहरुले आफ्नो टिकटको नम्बर खुट्याउँदै गर्दा पाँचौ अंक खोज्न आएका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अशोक सिँहले दर्शकहरुको धुकधुकी माझ ९ नम्बर थुत्न पुगे । अन्तिम भाग्यरेखा कोर्न आएका कार्यक्रमका प्रमुख अतिथी पोखरा उपमहानगरपालिकाका प्रमुुख मानबहादुर जिसीले अंक २ निकालेपछि भीड एकाएक जाग्न पुग्यो । अनि एकाएक टिकट नम्बर ०५४८९२ नम्बरको टिकट काटी मेलामा प्रवेश गर्ने अवलोकनकर्ता नै भाग्यमानी भएको निक्र्योल भयो । कसैले उपहार नपरेकोमा थकथकी माने भने केहीले को होला त्यो भाग्यमानी भन्दै भीडतिर आँखा ताने ।

त्यत्तिकैमा संघका महासचिव दामु अधिकारीले मेलाको प्रवेश टिकटमा हुण्डाई कम्पनीको करिव १८ लाख पर्ने कार बिजेता विद्यार्थी भएको घोषणा गरे । भीड झन उत्सुक बन्यो । तर, भाग्यमानी विद्यार्थीलाई कारको चावी बुझाउने मेयर जिसीको धोको भने पूरा हुन पाएन । पोखरा उद्योग वाणिज्य संघले मेलाको प्रवेश टिकटमा कार पुरस्कार पाउने व्यत्तिलाई टिकटसहित यही माघ १२ गतेसम्म पुरस्कार दावी गर्न आग्रह गरेको छ ।

jutta mela

मेलाको बहुप्रतिक्षित बम्बर उपहार कार्यक्रमको पहिलो चरण भने पोखरा उद्योग वाणिज्य संघमै स्टक रहेको टिकटमा परेको थियो । संघले बम्पर उपहार कार्यक्रमलाई पारदर्शी बनाउन स्टक रहेको टिकटहलाई पहिल्यै छाँटेर कार्यक्रमका प्रमुख अतिथी तथा अतिथीहरुसामु पेश गरेको थियो ।

मेलाको बम्पर उपहार खोलेसँगै पोखराको नयाँबजारमा जारी मेला समापन भएको छ । समापनका प्रमुख अतिथी पोखरा लेखनाथ महानरपालिकाका मेयर जिसीले पोखराका स्थायी र व्यवस्थित प्रदर्शनी केन्द्र बनाउन सहयोग गर्ने बताए । कार्यक्रम तथा संघका अध्यक्ष विश्वशंकर पालिखेले मेलालाई सफल पार्न सघाउने सबैलाई धन्यवाद ज्ञापन गर्दै अर्को वर्ष अझ व्यवस्थित मेला आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरे । यता मेलामा राम्रो नाँचेर पोखरा बसपार्कका कमल कार्कीले खसी उपहार पाए । खसी उपहारका प्रायोजक व्यवसायी हरिहर सापकोटा रहेका थिए । यसैगरी बसपार्ककै भिमा क्षेत्रीले हरपल फुड्सले प्रायोजन गरेको हरपल चामल पुरस्कार पाइन् । यता मेलामा राखिएका स्टलहरुमध्ये अटोतर्फको फोर्ड गाडीको अटोभेञ्चर प्रालि, रेष्टुरेण्टमा झिँगु छेँ बैदाम, मोवाइलतर्फ भिभो मोवाइल, औद्योगिक व्यापारतर्फ मेरो रग काठमाडौं र कृषि हस्तकलातर्फ पर्वतको सौगात कोसेली घरलाई पुरस्कृत गरिएको मेलाका प्रायोजन व्यवस्थापन उपसमिति संयोजक तथा संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीले बताए । यसैगरी मोवाइल बितरक संघ कास्कीले मेलामा राखिएका लाभा मोवाइल किन्नेहरुलाई गोलाप्रथाद्धारा राखिएको ३२ इञ्चको टिभी कविता बरालले प्राप्त गरिन् ।

You might also like

Comments are closed.