२१औं पोखरा सडक महोत्सव शुरु, पोखरालाई आन्तिरक हवाइहवः पर्यटन मन्त्री भट्टराई

आर्थिक आवाज
पोखरा । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पोखरालाई आन्तिरक विमानस्थलको हव बनाउने बताएका छन् । रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखराले आयोजना गरेको २१औं पोखरा सडक महोत्सवको शनिबार उद्घाटनका अवसरमा बोल्दै भट्टराईले पोखरा विमानस्थललाई कसरी जोड्ने भन्ने विषयमा सोची रहेको बताए ।

‘२०२० मा विमानस्थलको निर्माणको काम सम्पन्न हुनेछ,’ मन्त्री भट्टराईले भने, ‘विदेशबाट समेत उडानका लागि सरकारले तयारी थालेको बताए ।’ पोखरा विमानस्थललाई आन्तिरक विमानस्थलको हवको रुपमा समेत विकास गर्ने खोजेको उनले बताए । त्यसका लागि छिट्टै नै नेपालका विभिन्न ठाउँबाट पोखरामा हवाई सञ्जाल जोड्ने बताए । भद्रपुर, विराटनगर, जनकपुर, नेपालगञ्ज पोखरा विमान उडाउने बताए । उनले पोखरामा पर्यटकीय पुर्वाधारहरु थप्दै जानुपर्ने बताए ।

पुर्वाधार निर्माणका लागि पोखरा महागरपालिका मयेर मानबहादुर जिसीलाई योजना बनाएर आउन आग्रह गरे । पोखरामा पार्क, साइकल लेन लगायतका योजना बनाउन उनको सुझाब थियो । उनले फेवातालको ताल मुनिको जग्गा व्यक्तिको नाममा भएको लालपुर्जा कसरी हुन्छ भन्दै प्रश्न गरे । मन्त्री भट्टराईले प्रकृतिको थिचो मिचोले मानिसको शभ्यता खतरामा पर्ने बताए ।

मन्त्री भट्टराईले पोखराको रत्नमन्दिर र हिमा गृहलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न सरकारले नेपाल ट्रस्टको कार्यालयलाई पत्राचार गरिसकेको बताए । रत्नमन्दिर र हिमा गृहलाई लिज दिने नभई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने बताए । मन्त्री भट्टराईले पर्यटन विकासका लागि पोखरालाई चौविसै घण्टा खोल्नुपर्ने र त्यसको सुरक्षाको ज्ञारेण्टी सरकारले लिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखरा सडक महोत्सवले पोखराका ब्राण्डिङमा ठुलो मद्दत गरेको बताए । पोखराको पर्यटन विकासका लागि गुरुयोजना बनाएर अगाडि बढ्ने उनले बताए । रत्नमन्दिर र हिमागृहलाई भाडा नदिइ सम्पदाकै रुपमा विकास गर्ने बताए ।

कार्यक्रमा गण्डकी प्रदेशका सांसद राजिव पहारीले रत्नमन्दिर जनवरी १ तारिकमा नभई माघ १ गतेबाट सञ्चालन आउने बताए । रत्नमन्दिरको भौतिक पुर्वाधार विकासका लागि सांसदकोषबाट २५ लाख रुपैयाँ आफूले छुट्टाएको बताए ।

कार्यक्रममा रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान)का कार्यवाहक अध्यक्ष संघर्ष विष्टले पोखरा सडक महोत्सवले नेपालको नै सान बढाएको बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जी पोख्रेलले पोख्ररेली जनताले बेला बेलामा आन्दोलन मात्रै गर्न बाध्य पार्ने गरेको भन्दै रत्नमन्दिर र हिमागृहलाई भाडामा दिए फेरी आन्दोलन जाने बताए ।

महोत्वसका संयोजक लक्ष्मण बरालले अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा सञ्चालन हुँदै आएको पोखरा सडक महोत्सवले देश कै आर्थिक बृद्धिमा टेवा पुगेको बताए । कार्यक्रममा रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखरा अध्यक्ष भीमसेन भुजेल, सचिव विकास भट्टराई लगायतले महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई पोखरा ल्याउन सफल भएको बताए । सडकमै खाने, सडकमै साँस्कृतिक तथा विभिन्न कार्यक्रम संचालन हुने महोत्सव ३ किलोमिटर क्षेत्रमा हुन्छ । कोमागाने पार्कमा सांस्कृतिक, सांगीतिक गतिविधिसहित खानाका परिकारमा रमाउन सकिनेछ ।

सडकहरूमा रङ्गरोगन गरिएको छ भने रङ्गीचङ्गी धोजा टाँगेर सिँगारेर दुलहि झै सजिएको छ । सडक मै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकारहरु, विभिन्न मनोरञ्जनात्मक खेलकुद कार्यक्रम, हस्तकला प्रदर्शनी, सहासिक पर्यटक खेलकुद वृतचित्र प्रदर्शनी, बालउद्यान, ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुवाट लाइभ कन्सर्ट प्रस्तुति राखिएको छ ।

झाँकी ¥यालीमा पुन समाज पहिलो

सडक महोत्सवको अवसरमा आयोजीत झाँकी ¥यालीमा पुन समाज पोखरा पहिलो भएको छ । पुन समाजले पहिलो हुँदै नगद ४० हजार र प्रमाणपत्र प्राप्त गरेको छ । चिउली पार्चे तमु समाज दोस्रो, पाल एवं नाग्ग्याल आधारभूत गुम्वा विद्यालय तेस्रो र फेवा ढुङगा व्यवसायी संघले सान्तोना पुरस्कार प्राप्त गरे । दोस्रो, तेस्रो र सान्तोनाले हुनेल क्रमस ३० हजार, २० हजार र १० हजार प्राप्त गरेका छन् ।

दिऊसो लोकदोहोरी, साँझ कन्सर्ट

सडक महोत्सवको अवसरमा कोमागाने पार्कमा दिऊसो लोकदोहोरी र हास्य कलाकारले मनोरञ्जन दिने छन् भने साँझ लाइभ कन्सर्ट हुनेछ । आइतबार लोकदोहोरी तर्फ देवी घर्ती, सरला पाण्डे, मञ्जु विक, दुर्गा क्षेत्री, बद्री पगेनी, जीवन दाहाल, श्रीराम अधिकारी र घनश्याम रिजालको प्रस्तुति रहनेछ । हास्य कलाकार सापट् र भटभटेले मनोरञ्जन प्रदान गर्ने छन् । साँझदेखि लाइभ कन्सर्ट सुरु हुनेछ । आइतबार लाइभ कन्सर्टतर्फ अभय एण्ड द स्टिम इन्जिनको प्रस्तुति रहनेछ ।

You might also like

Comments are closed.