२ लाख पुरस्कारको वुमन्स बिकिनी एण्ड फिजिक च्याम्पियनसिप हुँदै

पोखरा । असोजको ११ गते पोखरामा वुमन्स बिकिनी एण्ड फिजिक च्याम्पीयनसीप हुने भएको छ । गोर्खा क्लासिक नेपालको आयोजनामा पोखरा सभागृहमा सो दिन वुमन्स बिकिनी एण्ड फिजिक च्याम्पीयनसीप–२०१९ हुने भएको हो । महिलाहरुलाई बिकिनी एण्ड फिजिक प्रति आकर्षित गर्ने उद्धेश्यले आयोजना गर्न लागिएको प्रतियोगिताको तयारी शुरु गरिएको आयोजक गोर्खा क्लासिक नेपालका अध्यक्ष तथा कार्यक्रम संयोजक कुमार गुरुङले जानकारी दिए ।

च्याम्पीयनसीपमा नेपालका बिकिनी र फिजिकका उत्कृष्टहरु सहभागि हुने आयोजकले दाबी गरेको छ । च्याम्पीयनसीपका संयोजक कुमार गुरुङले बिकिनीमा १५ र फिजिकमा १५ जनाले प्रतिष्पर्धा गर्ने जानकारी दिए ।

प्रत्येक २÷२ वर्षमा हुने प्रतियोगितामा सहभागि हुन अग्रिम नाम दर्ता गराउनुपर्ने गोर्खा क्लासिकका सल्लाहकार अमृत गुरुङले बताए । नाम दर्ताका लागि प्रति व्यक्ति २ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको उनले जानकारी दिए ।

jutta mela

याम्पीयनसीपको अवसरमा जुम्बा सो, टिकटक सो लगायतका कार्यक्रम पनि हुने आयोजकले जनाएको छ । सो अवसरमा गेष्ट पोजरको रुपमा चर्चित बिकिनी तथा फिजिक खेलाडी विनिता राई सहभागि हुने अध्यक्ष गुरुङले बताए ।

कार्यक्रम अवलोकनका लागि आयोजकले २ सय र ५ सय रुपैयाँको टिकट शुल्क तोकेको छ । च्याम्पीयनसीप अन्तर्गत फिजिकतर्फ उपाधि बिजेतालाई २ लाख, उप–बिजेतालाई १ लाख ५ हजार र तृतीय हुनेलाई ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यस्तै बिकिनीतर्फको बिजेतालाई ८० हजार, उप–बिजेतालाई ६० हजार र तृतीय हुनेलाई ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने संयोजक गुरुङले जानकारी दिए ।

च्याम्पीयनसीप आयोजना गर्न करीब २२ लाख खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । च्याम्पीयनसीपबाट २५ लाख संकलन गरेर ३ लाख बचत गर्ने लक्ष्य राखिएको संयोजक गुरुङले बताए । बचत रकम गोर्खा क्लासिक नेपालमा आबद्ध खेलाडीको क्षमता अभिबृद्धिदेखि उनीहरुलाई एक्सपोजरका लागि बिदेश पठाउँदा खर्च गर्ने उनले जानकारी दिए ।

You might also like

Comments are closed.