३४ दिनमा ४० वटा बैठक बसेर बर्खे अधिवेशन अन्त्य, यातायात विधेयक पारित

पोखरा । गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन ३४ दिनमा ४० वटा बैठक बसेर अन्त्य भएको छ । गत जेठ १५ गतेबाट चौथो अधिवेशनका रुपमा शुरु भएको प्रदेश सभाको बर्खे अधिवेशन मंगलबार अन्त्य भएको हो । प्रदेश प्रमुख बाबुराम कुँवरको आह्वान अनुसार मंगलबार अधिवेशन अन्त्य गरिएको हो । प्रदेश सभाको मंगलबारको बैठकमा गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले अधिवेशन अन्त्यबारे पठाएको पत्र सभामुखले पढेर अधिवेशन अन्त्यको घोषणा गरेका थिए ।

४ महिना चलेको बर्खे अधिवेशनमा ३४ दिनमा कुल ४० वटा बैठक बस्यो । बैठक ६१ घण्टा ५ मिनेट १ सेकेण्ड चलेको सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए ।

बर्खे अधिवेशनमा ६ वटा विधेयक दर्ता भए भने ६ वटा विधेयक नै पारित भएका छन् । यस अधिवेशनबाट विनियोजन विधेयक, आर्थिक विधेयक, प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य, अधिकार र कार्यविधीको सम्बन्धमा ब्यबस्था गर्न बनेको विधेयक, पारिश्रमिक तथा सुविधा सम्बन्धी केहि प्रदेश कानुनलाई संसोधन गर्न बनेको विधेयक, गण्डकी विश्वविद्यालयको स्थापना, ब्यबस्थापन र सञ्चालन गर्न बनेको विधेयक र प्रदेश सवारी तथा यातायात सम्बन्धमा ब्यबस्था गर्न बनेको विधेयक पारित भयो ।

jutta mela

प्रदेश सभाको चौथो अधिवेशनबाट प्रदेश सभा सचिवालय सम्बन्धमा ब्यबस्था गर्न बनेको विधेयक र गण्डकी प्रदेशमा सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा ब्यबस्था गर्न बनेको विधेयक पारित हुन सकेन । यी दुबै विधेयक हाल संसदको विधायन समितिमा रहेका छन् ।

यातायात विधेयक पारित

प्रदेश सभाको चौथो अधिवेशनको अन्तिम दिन प्रदेश सवारी तथा यातायात सम्बन्धमा ब्यबस्था गर्न बनेको विधेयक पारित भयो । प्रदेश सभाको मंगलबारको बैठकले सो विधेयकलाई सर्वसम्मत पारित गरेको हो । प्रदेश सभाको मंगलबारको बैठकमा भौतिक पूर्वाधार मन्त्री हरिशरण बस्नेतले निर्णायार्थ प्रस्तुत गरेको विधेयकमा सत्तापक्षीय सांसदहरुले मत जाहेर गर्दा प्रतिपक्षी सांसदहरुले मौन समर्थन जनाए ।

You might also like

Comments are closed.