७ सिटर एमपीभी ‘ट्राइबर’ भारतमा सार्वजनिक,एड्भान्स्ड अटोमोबाइल्सद्वारा नाडा अटो शोमा ल्याउने तयारी

 

रेनोले भारतमा ७ सिटर एमपीभी अर्थात मल्टी युटिलिटी भेइकल ‘ट्राइबर’ सार्वजनिक गरेको छ । कम्पनीको ह्याचब्याक कार क्विडमा आधारित सो एसयूभीको मूल्य ५ लाख ३० हजार भारुबाट प्रारम्भ हुने अनुमान गरिएको छ ।

यद्यपि सो एमपीभी बिक्रीका लागि हाल उपलब्ध हुने छैन । ट्राइबरको प्रतिस्पर्धा ड्याटसन गो प्लस र मारुती सुजुकी अर्टिगासँग हुनेछ ।

jutta mela

रेनो ट्राइबरको इन्टेरियरमा ड्युअल टोन कलर स्किम दिइएको छ । यसमा ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिष्टम छ । यसको इन्स्ट्रयुमेन्ट क्लस्टरमा ३.५ इन्चको एलसीडी स्क्रिन छ । यसमा ७ जना सहज तरिकाले बस्न मिल्ने सुविधा छ । त्यसैगरी यसको तेस्रो लहरलाई फोल्ड गरी ६ सय २५ लिटरको बुट स्पेस बनाउन सकिन्छ ।

रेनो ट्राइबरमा ९९९ सीसीको ३ सिलिन्डर इन्जिन छ, जसले ७२ एचपी पावर र ९६ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५–स्पिड म्यानुअल तथा ५–स्पिड एएमटी गियरबक्स छ । त्यसैगरी यसमा ४० लिटरको इन्धन ट्यांकी छ ।

रेनो ट्राइबरको ह्विलबेस २ हजार ६ सय ३६ एमएम छ भने यसको ग्राउन्ड क्लियरेन्स १ सय ८२ एमएम छ ।

सुरक्षाका लागि यसमा ड्युअल फ्रन्ट एयरब्याग, एबीएस, रियर पार्किङ सेन्सर र हाई स्पिड अलर्ट जस्ता फिचर छन् । यसको उच्चतम भेरिएन्टमा एक रिभर्स क्यामेरा र दुई थप एयरब्याग उपलब्ध छन् ।

नेपाली ग्राहकले पनि आगामी भदौ १० देखि प्रारम्भ हुने नाडा अटो शोमा रेनो ट्राइबर देख्न पाउने अनुमान गरिएको छ । नेपालमा रेनो गाडीको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले यसको लागि तयारी गरिरहेको बताएको छ ।

You might also like

Comments are closed.