९ टोलका ४१ घरपरिवारको चुल्हो बाल्दै तोरण (फोटो फिचर)

पोखरा । जिल्ला समन्वय समिति कास्कीका सदस्य एवं पोखरा महानगरपालिका वडा नं. १५ का वडा सदस्य तोरण बहादुर बानियाँ यतिबेला विपन्न, असहाय तथा मजदुरहरुका सहारा बनिरहेका छन् । कोरोना भाइरस संक्रमणका कारण मुलुक लकडाउन भएपछि दैनिक गुजारा चलाउन समस्या भएकाहरुलाई उनले सहयोग सुरु गरेका हुन् ।

वडाका विपन्न, असहाय र ज्याला मजदुरी गरेर बिहान बेलुका खानाको जोह गर्नेहरु समस्यामा परेपछि बानियाँले आफ्नै गाडीमा खाद्यान्न राखेर घरघरमा पुर्याइरहेका छन् । वडाका ९ वटा टोलका ४१ घरपरिवारलाई चामल, दाल, केराउ, तेल, सोयबिन (मसौरा) र नुन घरघरमै पुगेर बाँड्न पाउँदा निकै खुसी लागेको बानियाँले बताए ।

You might also like

Comments are closed.