शोरुम उद्घाटन अघि बुटवलमा १० युनिट प्रोटोन इमास ७ हस्तान्तरण

बुटवल । नेपाली ईभी बजारमा लोकप्रियता कमाउँदै गएको प्रोटोनले बुटवलमा ठूलो सफलता हात पारेको छ । शो–रुमको औपचारिक उद्घाटन हुनुअघि नै कम्पनीले आफ्ना प्रिमियम इलेक्ट्रिक एसयूभी प्रोटोन इमास ७ का १० युनिट ग्राहकलाई हस्तान्तरण गरेको हो ।

यो शोरूम बुटवल–भैरहवा क्षेत्रका लागि बालाजी ई अटोमोबाइल्ससँग साझेदारीमा सञ्चालन हुने भएको छ । औपचारिक उद्घाटनअघि नै भएको सामूहिक हस्तान्तरणले प्रोटोन इमास ७ प्रती ग्राहकहरूको उच्च रुचि र विश्वास प्रष्ट देखाएको छ । धेरै खरिदकर्ताले शो–रुम उद्घाटन कुर्नुभन्दा पहिले नै आफ्नो ईभी खरिद सुनिश्चित गरेका छन्, जसले काठमाडौंबाहेकका क्षेत्रमा पनि प्रोटोनप्रतिको विश्वास तीव्र गतिमा बढिरहेको संकेत दिएको छ ।

यसअघि पोखरामा सम्पन्न सामूहिक हस्तान्तरण कार्यक्रम सफल भएपछि, बुटवलमा भएको यो उपलब्धिले प्रोटोन ब्रान्डलाई थप मजबुत बनाएको कम्पनीले जनाएको छ ।

नेपालमा प्रोटोनका आधिकारिक वितरक जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले भने, “शो–रुम उद्घाटन हुनु अघि नै बुटवलका १० परिवारहरूले आफ्नो प्रोटोन इमास ७ घर लैजाने अवसर पाउनु हाम्रो लागि गौरवको क्षण हो । यसले नेपाली ग्राहकहरूले विश्वस्तरीय प्रविधि, सुरक्षा, सुविधा र हाम्रो ग्राहकलाई प्राथमिकता दिने नीतिलाई थप प्रमाणित गर्दछ ।”

प्रोटोनले शून्य प्रतिशत ब्याजदरमा वित्तीय सुविधा, आकर्षक वारेन्टी, र भरपर्दो सेवा सञ्जालमार्फत ग्राहकलाई सजिलो र भरपर्दो स्वामित्व अनुभव दिलाउने लक्ष्य राखेको छ ।

चीनको अग्रणी ईभी निर्माता जीलीसँगको संयोजनमा बनेको प्रोटोन इमास ७ ले आधुनिक डिजाइन, उच्चस्तरीय सुरक्षा र स्मार्ट सुविधाहरूलाई एकीकृत गर्दै नेपालका ईभी पारखीहरूको मन जितिरहेको छ ।

You might also like

Comments are closed.