गोल्छा समूहद्वारा आयोजित ग्लोकल टिन हिरो २०२५ आज

काठमाडौं ।  गोल्छा समूहको प्रस्तुतिमा ‘ग्लोकल टिन हिरो नेपाल २०२५’ को ११औं अवार्ड सेरेमनी आज साँझ सम्पन्न हुँदैछ ।  ‘ग्लोकल टिन हिरो’ कार्यक्रम ग्लोकल प्रालि नेपालले सुरु गरेको हो, जसको उद्देश्य प्रतिभावान किशोरकिशोरीलाई पहिचान गर्ने र उनीहरूको असाधारण उपलब्धिलाई सम्मान गर्ने रहेको छ ।

‘Teens for Sustainable Development Goals’ भन्ने मूल नारासहित आयोजना हुँदै आएको यो कार्यक्रमले युवाहरूलाई समाज परिवर्तनको अगुवाका रूपमा अघि बढ्न प्रेरित गर्दै आएको छ ।

यस वर्षको समारोहमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका उत्कृष्ट किशोरकिशोरीलाई सम्मान गरिनेछ । कार्यक्रममा उद्योग, वाणिज्य, सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहनेछ ।

सो समारोहमा गोल्छा समूहले टाइटल प्रायोजन गरेको छ भने कोका–कोला, होन्डा, जेनेरेशन ग्रीन, पञ्चकन्या, केएफसी, टोयोटा, रियल जस्ता कम्पनीहरूले साझेदारी गरेका छन् । नेपाल एसबीआई बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंकलगायतका वित्तीय संस्थाहरू, द काठमाडौं पोस्ट, यती एयरलाइन्स, वर्ल्डलिंक, एम्बार्क कलेज लगायतका संस्थाहरूको पनि सक्रिय सहभागिता रहेको छ ।

You might also like

Comments are closed.