विद्युत सुदृढीकरणमा १६ अर्ब ऋण, जर्मन सरकारबाट २० मिलियन युरो अनुदान

काठमाडौं । सरकारले विद्युत वितरण प्रणालीको स्तरोन्नति तथा सुदृढीकरणका लागि ठूलो मात्रामा विदेशी सहायता स्वीकार गरेको छ । मन्त्रिपरिषद्को साउन १२ गते बसेको बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त १२० मिलियन अमेरिकी डलर (करिब १६ अर्ब ७४ करोड नेपाली रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।

उक्त रकममध्ये ८६.७ मिलियन डलर छोटो परिपक्वता अवधि भएको ऋण तथा ३३.३ मिलियन डलर सहुलियतपूर्ण ऋणको रूपमा प्राप्त हुनेछ । सरकारले यो सहयोग विद्युत आपूर्तिको स्थायित्व, स्तरोन्नति तथा सेवा गुणस्तरमा सुधार ल्याउने लक्ष्यसहित स्वीकृत गरेको जनाएको छ ।

त्यस्तै, जर्मन सरकारले विद्युत वितरण प्रणाली सुदृढीकरण कार्यक्रमका लागि प्रदान गर्न लागेको २० मिलियन युरो बराबरको अनुदान सहयोग पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । सरकारको अपेक्षा अनुसार, यी सहयोगहरूमार्फत राष्ट्रिय विद्युत प्रणाली थप सुदृढ हुँदै जनताका लागि विश्वसनीय र गुणस्तरीय विद्युत सेवा सुनिश्चित हुनेछ ।

You might also like

Comments are closed.