पोखरा । पोखरा गैह्रापाटनस्थित कुमुदिनी होम्सका तीनजना विद्यार्थीले चाईनिज भाषा प्रशिक्षण केन्द्र काठमाडौंबाट दुई लाखका् छात्रबृति प्राप्त गरेका छन् ।
स्वीकृत भण्डारी कक्षा ५ ए, प्रतिष्ठा केसी कक्षा ७ ए र संस्कृति गैह्रे कक्षा ६ सी सेक्सनकी रहेको विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले जानकारी दिए ।
कुमुदिनीकी प्रतिष्ठा केसीले प्रथम स्थान हासिल गरेर एक लाख, उनीहरुसहित पोखराका ११ वटा विद्यालयका प्रत्येकका तीन तीनजना विद्यार्थीले छात्रबृत्ति पुरस्कार पाएका हुन् दितिय भएका स्वीकृत भण्डारी र संस्कृति गैहेले जनही ५० हजार पाउन सफल भएका छन् ।
उक्त केन्द्रले नेपालका ६९ वटा विद्यालय, कलेजमा चाईनिज भोलन्टेयरबाट चाईनिज भाषाको कक्षा संचालनमा सघाउ पुर्याईरहेको छ ।
पोखरामा कुमुदिनी होम्स, छिनेडाँडामा रहेको नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज, सिर्जना मावि, प्रतिभा मावि, बालमन्दिर, राष्ट्रिय मावि, छोरेपाटन मावि, लक्ष्मी आदर्श मावि लेखनाथ, गौरीशंकर मावि हेम्जा, जनप्रिय मावि, जनप्रकाश मावि भण्डारढिक रहेका छन् । सबै विद्यालयका ३३ जना विद्यार्थीका लागि कुल १९ लाख ८० हजार प्रदान गरिएको छ ।
कुमुदिनी होम्सको सभाकक्षमा आयोजना गरिएको प्रमाण पत्र तथा नगद छात्रबृत्ति अर्पण कार्यक्रममा सहभागि चाईनिज भाषा शिक्षक तथा चाईनिज भाषा प्रशिक्षण केन्द्र काठमाडौंका निर्देशक लियो, विद्यार्थी र अभिभावकलाई स्वागत गर्दै अध्यक्ष विद्यालयका अध्यक्ष पालिखेले पर्यटकीय क्षेत्र नेपाल तथा पोखराका लागि भाषा कक्षा महत्वपूर्ण भएको बताए ।
हाम्रा पर्यकटीय क्षेत्रहरुमा विभिन्न देशका पर्यटक आउने भएकोले उनीहरुले बुझ्ने भाषाको ज्ञान हाम्रा विद्यार्थी वा कसैमा भयो भने दोभाषेको कामबाटे अर्थ आर्जनको उपयुक्त माध्यम बन्न सक्ने बताए । हामीकहाँ चाईनिज पर्यटहरु धेरै संख्यामा आउने भएकोले चाईनिज भाषामा मात्रै दख्खल राख्न सकेपनि फाईदा हुने बताए । उनले योसंगै अन्य भाषाहरुको पनि जानेका खण्डमा धेरै फाइदा पुग्ने तथा सम्बन्धित देशमा अध्ययन गर्न जाँदा बढी सजिलो हुने बताए ।
विद्यार्थीलाई नयाँ नयाँ ज्ञान, सिप र सुसंस्कृत बनाउनुपर्छ भनेर हामीले राम्रो शिक्षाकै लागि कास्की जिल्लामै सबैभन्दा पहिले ब्रिटिश कोर्ष इन्टरनेशनल प्राइमरी करीकुलम अनुसार पढाई शुरु गर्यौं । साथै न्यूजिल्याण्डको थ्रि डिआई कम्प्युटर कोर्षको अतिरीक्त कक्षा संचालन गरिरहेका छौं ।
उनले भविष्यमा पनि अँझै राम्रो गर्दै गईरहे यसप्रकारका अन्य अवसरहरु प्राप्त हुने बताउँदै विद्यार्थीलाई वधाई दिए । चाईनिज भाषा शिक्षक तथा चाईनिज भाषा प्रशिक्षण केन्द्रका निर्देशक लियोलाई अभार व्यक्त गरे । साथ्र उनले नेपाल र चीनबीचको लामो दौत्य सम्बन्ध, अरनिकोको चीनसम्मको कलम बिस्तार तथा भृकुटीको वैवाहिक सम्बन्धको कुरा स्मरण गरे । साथै चाईनाले बनाएकको पोखराको अन्तराष्ट्रिय विमानस्थलबाट निरन्तर उडान हुने अपेक्षा गरिएको बताए ।
कार्यक्रममा विद्यार्थीलाई प्रमाणपत्र वितरण गर्दै लियोले नेपाल र चाईनाबीच १९५५ देखि नै गहिरो आत्मिय सम्बन्ध कायम रहँदै आएको र यसलाई दुबै देशले घनिष्ट बनाई रहेको बताए । चाईनाले तिब्र विकास गरिरहेको छ । हामी चाहन्छौ हाम्रा टिमेकी देशमा पनि छिटो विकास होस् । भाषा, संस्कृति, विद्यालय, कलेज वा अन्य उपयुक्त क्षेत्रमा हामी सहकार्य गरेर अगाडी बढ्न चाहेको उनले बताए ।
कार्यक्रममा ११ वटै विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावकहरु उपस्थित भएका थिए भने कुमुदिनीमा रहेको संग्राहलयको अवलोकन गरेका थिए ।
Comments are closed.