ग्लोबल आइएमई बैंकको भव्य उत्सव: एलएसएमई दिवस र हाटबजारको २५औँ हप्ता एकसाथ सम्पन्न

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय (एलएसएमई) दिवसको अवसरमा आफ्नो ‘ग्लोबल हाटबजार’ को २५औँ हप्ता विशेष कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ।

बैंकले आफ्नो लगानीमा सञ्चालित उद्यमीहरूका उत्पादनलाई बजारमा प्रवद्र्धन गर्न कमलादी शाखामा प्रत्येक शुक्रबार सञ्चालन गर्दै आएको ‘ग्लोबल हाटबजार’ यसपटक विशेष मेलामा परिणत भएको थियो। “उद्यमीको उत्पादन, ग्लोबल आइएमईको प्रोत्साहन” भन्ने नारासहित आयोजित यो मेला लघु, साना तथा मझौला उद्यम प्रवद्र्धनमा एक नयाँ प्रेरणाका रूपमा देखिएको छ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले देशको समग्र अर्थतन्त्रमा एलएसएमई क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको भन्दै हाटबजारले यी उद्यमहरूको बजारीकरण, मूल्य अभिवृद्धि र कृषक–उपभोक्ता सञ्जाल विकासमा उल्लेखनीय योगदान दिँदै आएको बताए।

कार्यक्रममा विषादी रहित कृषि उपज, रैथाने बाली, स्थानीय स्रोतबाट निर्मित हस्तकला सामग्री, सजावटी बिरुवालगायत २ दर्जनभन्दा बढी कृषक तथा व्यवसायीका उत्पादनहरू प्रदर्शन तथा बिक्रीमा राखिएका थिए।

बैंकले अर्गानिक, रैथाने तथा स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न, दिगो तथा हरित अर्थतन्त्रमा योगदान पुर्‍याउन र साना व्यवसायीलाई हौसला दिन ‘हाटबजार’ अभियानलाई फराकिलो बनाउँदै लगेको जनाएको छ।

उत्कृष्ट बैंकको रुपमा सम्मानित ग्लोबल आइएमई
ग्लोबल फाइनान्सको Best Bank Award 2024 र युरोमनीको Award for Excellence 2024 अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंक बन्न सफल ग्लोबल आइएमई बैंक, मुलुकको ७७ वटै जिल्लामा सेवा विस्तार गर्न सफल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।

बैंकले हाल ३५२ शाखा, ३८५ एटिएम, १५८ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा विदेशी प्रतिनिधि कार्यालयमार्फत १,००० भन्दा बढी सेवा केन्द्रहरूबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

बैंकले देश-विदेशमा रहेका नेपालीहरूलाई लक्षित गरी अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, जापान, कोरिया, मलेशिया, यूएई, कतार, साउदी अरब लगायतका देशहरूबाट सुरक्षित र भरपर्दो रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ।

ग्लोबल आइएमईको ‘हाटबजार’ : स्थानीय उत्पादनको अन्तर्राष्ट्रिय पहिचान तर्फको यात्रा
ग्लोबल आइएमई बैंकको यो पहलले नेपाली उत्पादनलाई बजार, मूल्य र पहिचान दिन मात्रै होइन, उद्यमशीलताका लागि उत्साह, नवप्रेरणा र दीर्घकालीन समृद्धिको सम्भावना पनि बोकेको छ।

You might also like

Comments are closed.