काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूमध्ये २१ वटा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । यीमध्ये ६ वटा वाणिज्य बैंक, २ वटा विकास बैंक, साथै लघुवित्त, जलविद्युत, फाइनान्स र उत्पादन क्षेत्रका कम्पनीहरू रहेका छन्।
वाणिज्य बैंकतर्फ लाभांश घोषणा गर्नेमा सिटिजन्स, एभरेष्ट, सानिमा, सिद्धार्थ, ग्लोबल आइएमई र माछापुच्छ्रे बैंक रहेका छन् । तीमध्ये एभरेष्ट बैंकले यस वर्ष सबैभन्दा बढी २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंकले ६ प्रतिशत बोनस र १४ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
ग्लोबल आइएमईले ८ प्रतिशत नगद लाभांश, सानिमाले ७.३७ प्रतिशत नगद, सिटिजन्सले ५ प्रतिशत बोनस र ०.२६ प्रतिशत नगद, सिद्धार्थले ५ प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद तथा माछापुच्छ्रेले ४ प्रतिशत बोनस र ४ प्रतिशत नगद लाभांश दिने भएका छन् ।
विकास बैंकतर्फ कामना सेवा विकास बैंकले १५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा १० प्रतिशत बोनस र ५.७९ प्रतिशत नगद लाभांश रहेको छ । मुक्तिनाथ विकास बैंकले १३.५३ प्रतिशत बोनस र ४.६७ प्रतिशत नगद गरी कुल १८.२० प्रतिशत लाभांश दिने भएको छ ।
लघुवित्त कम्पनीहरू मध्ये आरएसडिसी लघुवित्तले ८ प्रतिशत नगद लाभांश र गुराँस लघुवित्तले १५ प्रतिशत (४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद) लाभांश वितरण गर्ने घोषणा गरेका छन् । जलविद्युत कम्पनीहरू मध्ये भगवती हाइड्रोपावरले १४ प्रतिशत बोनस र ६ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिने भएको छ ।
यस्तै, सिक्लेस र मिड सोलु हाइड्रोपावरले समान १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद लाभांश दिने भएका छन् । युनिभर्सल पावरले ९ प्रतिशत बोनस र ०.४७ प्रतिशत नगद तथा अरुण भ्याली हाइड्रोपावरले ८ प्रतिशत बोनस र ०.४२ प्रतिशत नगद लाभांश दिने भएका छन्
।अन्य कम्पनीहरूमा युनिलिभर नेपालले प्रतिकित्ता १,८४२ रुपैयाँ नगद लाभांश बाँड्नेछ भने नेपाल ल्युबले २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद लाभांश दिनेछ । मञ्जुश्री फाइनान्सले १५ प्रतिशत नगद लाभांश, मुक्तिनाथ कृषि कम्पनीले ८ प्रतिशत बोनस र ०.४२ प्रतिशत नगद लाभांश र नेपाल पूर्वाधार बैंकले ६.३२ प्रतिशत नगद लाभांश घोषणा गरिसकेका छन् ।
समग्रमा, नेप्सेमा सूचीकृत कम्पनीहरूले लाभांश घोषणा गर्ने क्रम तीव्र बनेको छ । विश्लेषकहरूका अनुसार लाभांश घोषणा हुने क्रमले लगानीकर्ताको मनोबल बढाउने र बजारमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।
Comments are closed.